काठमाडौं। तारकेश्वर नगरपालिका-९ मनमैजुबाट बाघको छालासहित एक जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लम्जुङ दुधपोखरी गाउँपालिका-२ घर भएका ५३ वर्षीय बृषराज घले रहेका छन्।
घलेको साथबाट प्रहरीले करिब ६ फिट २ इन्च लम्बाई र १ फिट २ इन्च चौडाई भएको बाघको १ थान छाला बरामद गरेको जनाएको छ।
घलेले दूर्लभ बाघको छाला अबैध रुपमा किनबेच गर्नको लागि लुकाई ल्याएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनको कोठाबाट उक्त बाघको छालासहित पारी पक्राउ गरेको हो।
उनलाई आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय हात्तिसार पठाइएको महाशाखाले जनाएको छ।