काठमाडौं। कास्कीको पोखरा महानगरपालिका-१९ लामाचौरस्थित खेत भन्ने स्थानमा एक जना व्यक्तिको शव फेला परेको छ।
मृत अवस्थामा फेला पर्नेमा गोरखा शहिद लखन नगरपालिका-६ का ३२ वर्षीय सुरेश कोइराला रहेको प्रहरीले जनाएको छ। उनी फर्निचर उद्योगभित्र कोठामा बुधबार मृत अवस्थामा फेला परेका थिए।
मोरङको विराटनगर महानगरपालिका-१८ भेडियारी खोक्साहास्थित सडकमा रोकी राखेको पिबी ०९ एक्स २९६४ नम्बरको ट्रकमा एक जना मृत अवस्थामा फेला परेका छन्।
मृतक सोही ट्रकका चालक भारत लुधियाना पंजाब घर भएका ५० वर्षीय मोहम्मद नुर खान रहेको प्रहरीले जनाएको छ। उनी बुधबार मृत अवस्थामा फेला परेका थिए।
दुवै घटनामा मृत्युको कारण अहिलेसम्म खुल्न नसकेको र त्यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।