कोटेश्वरबाट करिव ८ लाखको सुनका गरगहना चोरी

काठमाडौं। काठमाडौं महानगरपालिका-३२ कोटेश्वरमा विकास श्रेष्ठको कोठाबाट हिजो मंगलबार बिहान करिब ५ लाख ४० हजार ३ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

कोठामा कोही नभएको मौका छोपी सुन तथा चाँदीका विभिन्न गरगहना तथा नगद २५ हजार रुपैयाँ समेत चोरी भएको प्रहरीले जनाएको छ।

यस्तै, सोही ठाउँ डेरा गरी बस्ने सागर खड्काको कोठाबाट समेत नगद ३५ हजार रुपैयाँ मंगलबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्