काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङले संसारमा भइरहेको अभूतपूर्व उथलपुथलमा हावा र समय नै पनि चीनको पक्षमा रहेको दाबी गरेका छन्। उनले सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीका लागि आगामी ३० वर्षे योजना रेखांकित गर्ने क्रममा यस्तो बताएका हुन्।
२०१२ मा सत्तामा आएका चिनफिङ चीनमा माओत्सेतुङपछि सबैभन्दा शक्तिशाली नेता हुन्। माओले १९२१ मा कम्युनिस्ट पार्टी स्थापना गरेका थिए।
६७ वर्षीय चिनफिङले सोमबार कम्युनिस्ट पार्टीका क्याडरहरूलाई सम्बोधन गर्दै कोरोना महामारी, आपूर्ति शृंखलामा अवरोध, कतिपय पश्चिमा मुलुकसँगको बिग्रँदो सम्बन्ध, सुस्त भएको अर्थव्यवस्थासमेतका चुनौतीबीच पनि ‘समय र हावा चीनको पक्षमा रहेको’ बताएका हुन्।
कोरोना भाइरस संक्रमण सर्वप्रथम मध्यचीनको वुहान सहरमा २०१९ को अन्त्यमा देखिएको थियो। यो भाइरसले अहिलेसम्म झण्डै २० लाख मानिसको ज्यान लिइसकेको छ। एक वर्षको अवधिमा विश्व अर्थतन्त्रको जग यसले नराम्ररी हल्लाइदिएको छ।
हङकङबाट प्रकाशित ‘साउथ चाइना मर्निङ पोस्ट’ अखबारले चिनफिङलाई उद्धृत गर्दै लेखेको छ- ‘संसारभरि मच्चिएको उथलपुथल पछिल्लो शताब्दीको अभूतपूर्व घटनाक्रम हो।’
चिनफिङले भने, ‘‘तर, समय र हावाको दिशा हामीतिर मोडिएको छ। हामी आफ्नो दृढ धारणा, लचिलोपन तथा संकल्प र आत्मविश्वासका साथ अघि बढिरहेका छौं।’’
उनले आधुनिब समाजवादी देश निर्माण गर्नका लागि असल सुरूआत सुनिश्चित गर्न आह्वानसमेत गरे। उनले भने, ‘‘आगामी तीन दशक नयाँ विकासको चरण हुनेछ। यस अवधिमा चीनका नागरिक धनी र बलियो हुनेसम्मको परिवर्तनबाट गुज्रने छन्।’’
चिनफिङको भनाइप्रति विश्लेषकहरूको मिश्रित प्रतिक्रिया आएको छ। पश्चिमा विश्लेषकहरूले यसको तुलना फ्रान्सेली शासक नेपोलियन बोनापर्टको एक घोषणासँग गरेका छन्।
चिनियाँ विश्लेषकहरू भने यो भनाइलाई चीनको राजनीतिक व्यवस्था तथा विकासप्रति राष्ट्रपतिको विश्वासलाई झल्काउने बताउँछन्।
(एजेन्सी)
" /> काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङले संसारमा भइरहेको अभूतपूर्व उथलपुथलमा हावा र समय नै पनि चीनको पक्षमा रहेको दाबी गरेका छन्। उनले सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीका लागि आगामी ३० वर्षे योजना रेखांकित गर्ने क्रममा यस्तो बताएका हुन्।२०१२ मा सत्तामा आएका चिनफिङ चीनमा माओत्सेतुङपछि सबैभन्दा शक्तिशाली नेता हुन्। माओले १९२१ मा कम्युनिस्ट पार्टी स्थापना गरेका थिए।

">