बिबिसी। भारतको सर्वोच्च अदालतले तीनवटा कृषि कानूनमाथि रोक लगाएको छ। अदालतले आज तीन कानूनमाथि रोक लगाउँदै यस सम्बन्धमा वार्ता गर्न एक कमिटी गठन गरेको छ।
भारत सरकारले कृषि सम्बन्धित तीनवटा कानून ल्याएपछि भारतभरका कृषकहरू आन्दोलनमा उत्रिएका थिए। कृषकहरूले सरकारले ल्याएका कानूनविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। यसको फैसला सर्वोच्च अदालतले आज गरेको हो।
अदालतले केन्द्र सरकारले बिना छलफल कृषि कानून ल्याएको जनाएको छ।
कृषि कानूनविरुद्ध भारतका कृषकहरू एक महिनाभन्दा बढी समयदेखि आन्दोलन गरिरहेका छन्। भारत सरकारले कृषकसँग गरेको विभिन्न चरणका छलफलहरू निष्कर्षमा पुग्न सकेका थिएनन्।
सरकारले कानून कार्यन्वयनमा रोक नलगाएपछि सर्वोच्च अदालतले आज रोक लगाएको हो।
" /> बिबिसी। भारतको सर्वोच्च अदालतले तीनवटा कृषि कानूनमाथि रोक लगाएको छ। अदालतले आज तीन कानूनमाथि रोक लगाउँदै यस सम्बन्धमा वार्ता गर्न एक कमिटी गठन गरेको छ।भारत सरकारले कृषि सम्बन्धित तीनवटा कानून ल्याएपछि भारतभरका कृषकहरू आन्दोलनमा उत्रिएका थिए। कृषकहरूले सरकारले ल्याएका कानूनविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। यसको फैसला सर्वोच्च अदालतले आज गरेको हो।

">