काठमाडौं। बाजुराको बडिमालिका नगरपालिका-३ रजालीबाट तीन नाल भरूवा बन्दुक र त्यसमा लाग्ने फलाम काटेर बनाएको ३९ वटा टुक्रालगायत सामग्रीसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही नगरपालिका-३ बस्ने ४५ वर्षीय नन्दु ल्वार, ४० वर्षीय वीरभाने ल्वार, सोही नगरपालिका-८ बस्ने ३० वर्षीय बलबहादुर थापा र ३० वर्षीय डम्बर थापा रहेका छन्।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त हतियारसहित पक्राउ गरेको हो। बन्दुक र फलामको टुक्राको अलवा प्रहरीले उनीहरूको साथबाट चार डिब्बा बारूद, फलामको बन्दुकको एक थान नाल र भरूवा बन्दुकको एक थान चाप पनि बरामद गरेको छ।
प्रहरीले उनीहरूलाई प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा संलग्न रहेको आशंका रहेको जनाएको छ।
" /> काठमाडौं। बाजुराको बडिमालिका नगरपालिका-३ रजालीबाट तीन नाल भरूवा बन्दुक र त्यसमा लाग्ने फलाम काटेर बनाएको ३९ वटा टुक्रालगायत सामग्रीसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सोही नगरपालिका-३ बस्ने ४५ वर्षीय नन्दु ल्वार, ४० वर्षीय वीरभाने ल्वार, सोही नगरपालिका-८ बस्ने ३० वर्षीय बलबहादुर थापा र ३० वर्षीय डम्बर थापा रहेका छन्।

">