काठमाडौँ। काठमाडौं जिल्ला अदालतले तीन वर्षपछि ३३ किलो सुन प्रकरणको मुद्दामाथि बल्ल सुनुवाइ सुरु गरेको छ।
अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासमा उक्त मुद्दाको आजदेखि सुनुवाइ भएको हो। सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ। मुद्दाको सुनुवाइ भइरहँदा समय सकिएपछि मुद्दालाई अदालतले ‘हेर्दाहेर्दैमा’ राखेको हो।
अब, भोलि पनि सुनुवाइ हुनेछ।
आज उक्त मुद्दामाथि जिल्ला सरकारी वकिल चन्द्रप्रसाद सञ्जेलले बहस गरेको श्रेस्तेदार भीमबहादुर निरौलाले बताए।
यसअघि उक्त मुद्दाको पेसीमा चढाइ भएपनि सुनुवाइ भएको थिएन। प्रहरीले तीन वर्षअघि काठमाडौंको काँडाघारीबाट प्रहरीले ३३ किलो सुन बरामद गरेको थियो।
उक्त सुन दुबईबाट चुडामणि उप्रेती ‘गोरे’ ले पठाएको र भन्सारका कर्मचारीहरूसँगको मिलेमतोमा सुन त्रिभुवन विमानस्थल हुँदै बाहिरियाउन तस्करहरू सफल भएको खुलेको थियो।
उक्त घटनामा प्रहरीले गोरेसँगै हरिबन्दु कार्की, दिलबन्धु थापा र गोपाल बहादुर शाही पक्राउ गरिसकेको छ।
" /> काठमाडौँ। काठमाडौं जिल्ला अदालतले तीन वर्षपछि ३३ किलो सुन प्रकरणको मुद्दामाथि बल्ल सुनुवाइ सुरु गरेको छ।अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासमा उक्त मुद्दाको आजदेखि सुनुवाइ भएको हो। सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ। मुद्दाको सुनुवाइ भइरहँदा समय सकिएपछि मुद्दालाई अदालतले ‘हेर्दाहेर्दैमा’ राखेको हो।

">