काठमाडौं। ग्लोबल वार्मिङको असर सर्वत्र देखिन थालेको छ। युरोपियन युनियनको जलवायु निरीक्षण सेवाले शुक्रबार प्रकाशित गरेको आँकडाअनुसार २७ देश भएको संगठनका लागि २०२० सबैभन्दा गर्मी वर्ष रहेको देखिएको हो।
आँकडामुताबिक जलवायु सम्बन्धी रेकर्ड राख्न सुरु गरिएदेखि नै गत वर्ष सबैभन्दा बढी गर्मी भएको छ। सोही रेकर्डको आधारमा ईयूले २०२० लाई सबैभन्दा गर्मी वर्षका रुपमा रहेको बताएको हो।
ईयूको कोपरनिकस ‘क्लाइमेट चेन्ज सर्भिस’ले युरोपमा पछिल्ला वर्षमा ०.४ डिग्री सेल्सियस तापक्रम वृद्धि भएर २०१९ को रेकर्ड तोडिएको बताएको छ। विश्वमा तापमान वृद्धिको प्रमुख कारण ग्रिन हाउस ग्यास उत्सर्जनमा बढोत्तरी हुनु हो। यसमा सबैभन्दा प्रमुख भूमिका कार्बनडाइअक्साइडको रहेको छ। आँकडाअनुसार २०२० मा पूर्वऔद्योगिक काल १८५०-१९००मा भन्दा पनि १.२५ सेन्टिगे्रड तापक्रम बढी हुन गएको छ।
विश्व वातावरणमा बिग्रँदो अवस्थाका कारण २०२१ मा पनि गर्मीमा सुधार आउने लक्षण छैन। पछिल्लो समय जलवायु परिवर्तन तथा हिमशृंखलाहरू पग्लन सुरु भएका छन्, त्यसले यो वर्ष पनि गर्मी निकै हुने अनुमान गर्न सकिन्छ। युरोपमा पनि बर्सेनि गर्मी बढ्दो छ।
हिमशृंखलाले घेरिएको नेपालमा पनि हिमालबाट हिउँ पग्लने क्रम जारी छ। कतिपय ठूला हिमशृंखला नै हिउँहीन देखिन थालेका छन्। यो विश्व तापमानमा वृद्धिकै कारण भएको छ। साथै, नेपालका कतिपय तराई-मधेस तथा भित्री मधेसको तापक्रम पनि बढिरहेको छ।
२०२० साल भारतका लागि १९०१ पछिको आठौं गर्मी वर्षका रुपमा रह्यो। भारतीय मौसम विभागले यसअघि २०१६ लाई सर्वाधिक गर्मी वर्ष बताएको थियो।
मानिसहरूमा संशय बढ्न थालेको छ कि, २०२१ मा पनि उत्तिकै गर्मीले सताउने छ या केही सामान्य हुनेछ? यो त मानिसले गर्ने कतिपय क्रियाकलापमा पनि निर्भर रहने छ।
(एजेन्सीहरूको सहयोगमा)
" /> काठमाडौं। ग्लोबल वार्मिङको असर सर्वत्र देखिन थालेको छ। युरोपियन युनियनको जलवायु निरीक्षण सेवाले शुक्रबार प्रकाशित गरेको आँकडाअनुसार २७ देश भएको संगठनका लागि २०२० सबैभन्दा गर्मी वर्ष रहेको देखिएको हो।आँकडामुताबिक जलवायु सम्बन्धी रेकर्ड राख्न सुरु गरिएदेखि नै गत वर्ष सबैभन्दा बढी गर्मी भएको छ। सोही रेकर्डको आधारमा ईयूले २०२० लाई सबैभन्दा गर्मी वर्षका रुपमा रहेको बताएको हो।

">