माटोको ढिस्कोमा पुरिएर मृत्यु
<p style="text-align: justify;">काठमाडौं। कैलालीको घोडाघोडी नगरपालिका-११ भलुवामा माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर एक जना किशोरको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">सोही नगरपालिका-१० तुलसीपुर बस्ने १७ वर्षीय अशोक धामीको आइतबार दिउँसो मृत्यु भएको हो। माटो खन्ने क्रममा धामी ढिस्कोमा पुरिएका थिए।</p>
<p style="text-align: justify;">पुरिएको खबरलगत्तै प्रहरी चौकी पहलमानपुर, इलाका प्रहरी कार्यालय सुखड, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको सहयोगमा माटो खनेर खोजी गरिएको थियो।</p>
<p style="text-align: justify;">खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।</p>