निजगढ विमानस्थल बनाउन ‘जुरिच एअरपोर्ट' 'सर्टलिष्ट'मा
आज बसेको बोर्डको ४० औं बैठकले आशयपत्र पेश गरेका कम्पनीहरूमध्ये तोकिएको मापदण्ड पूरा गरेको जुरिचलाई सं'सर्टलिष्ट'मा राख्ने निर्णय गरेको हो।
परियोजना विकास प्रतिवेदन ४५ दिनभित्र पेश गर्ने गरी अघि बढाउने जिम्मेवारी 'जुरिच इन्टरनेशनल एअरपोर्ट'लाई दिइएको बोर्डले जनाएको छ ।
त्यस्तै काठमाडौं बाहिरी चक्रपथ परियोजनालाई सार्वजनिक निजी साझेदारीमा विकास गर्न आशयपत्र पेश गर्ने कम्पनीहरूमध्ये तोकिएका मापदण्ड पूरा गरी योग्य देखिएको ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’लाई 'सर्टलिष्ट'मा राख्नेसमेत निर्णय गरेको लगानी बोर्डले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
यो परियोजनाका लागि ४ वटा प्रस्ताव आएकोमा सो कम्पनीलाई छनौट गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।
त्यस्तै बाेर्डले काठमाडौं उपत्यकामा समग्र यातायातको व्यवस्थापनसम्बन्धी गुरूयोजनाका लागि हालसम्म भएका अध्ययनहरूलाई एकीकृत गरी तीसँग सम्बन्धित प्रतिवेदन पेश गर्न अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन गरेको छ ।
बैठकले तल्लो अरुण जलविद्युत आयोजनाको कामलाई अघि बढाउन एस जेभिन–भारत, जे पावर–जापान र चाईना पावर कन्स्ट्रक्सन कम्पनीको 'सर्टलिष्ट' पनि तय गरेको छ । ती कम्पनीहरूबाट विस्तृत प्रतिवेदन माग गरेपछि परियोजनाको कामलाई अघि बढाउने बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए।
तल्लो तरुण जलविद्युत परियोजना कार्यान्वयनका लागि आशयपत्र पेश गरी तोकिएको मापदण्ड पूरा गरेका प्रस्तावहरूलाई 'सर्टलिष्ट'मा राख्नेसमेत बोर्डले निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले प्रस्ताव पेश गरी 'सर्टलिष्ट'मा परेकामध्ये मापदण्ड र मूल्याङ्कनका आधारमा ती कम्पनीलाई जिम्मेवारी दिएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिको लागि ठूला परियोजनाहरूको शीघ्र कार्यान्वयन आवश्यक रहेको बताउँदै त्यसका लागि सम्बन्धित निकायहरूबीच प्रभावकारी समन्वयको आवश्यकता औंल्याएका थिए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्