काठमाडौं। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनका लागि ह्वाइट हाउसमा १२ लाख डलर लगानीमा ट्वााइलेट बनाइएको छ। ट्वााइलेट ह्वाइट हाउसको पूर्वी भागमा बनाइएको हो।
यति धेरै खर्च गरेर ट्वााइलेट बनाइएको भन्दै अमेरिकी राजनीति पुनः तातेको छ। डोनाल्ड ट्रम्प समर्थकले यसलाई करदाताको पैसा बर्बाद गरेको बताएका छन्।
टीएमजेडको रिपोर्टअनुसार, संघीय दस्तावेजबाट थाहा हुन्छ कि यो शौचालय पुनःनिर्माण गर्ने काम फस्र्ट लेडीको कार्यालयछेऊ भइरहेको छ। यस कामको विस्तृत विवरण सार्वजनिक भएको छैन। तर, यो पुनःनिर्माण कार्य मे महिनाभित्र पूरा भइसक्ने छ। यसअघि नै एक लाख २७ हजार डलर ह्वाइट हाउस सफाइ गर्न भनी रकम दिइसकिएको छ।
जनवरी २० का दिन बाइडेनले शपथ लिनेछन्। उता, उनकी पत्नी जिल पनि प्रथम महिलाको रुपमा एक रेकर्ड बनाउन लागिपरेकी छन्। शिक्षिका डा. जिल बाइडेनले चार विषयमा डिग्री हासिल गरेकी छन्।
उनले ह्वाइट हाउसमा आफ्नो भूमिका निर्वाह गर्नुका साथै शिक्षण पेसा पनि जारी राख्ने बताएकी छन्। अमेरिकाको २३१ वर्षको इतिहासमा जिल पहिलो महिला हुन्, जसले ह्वाइट हाउस बाहिर काम गरेर तलब लिनेछिन्।
उनी उत्तरी भर्जिनियाको कम्युनिटी कलेजमा अंग्रेजीकी पूर्णकालीन प्राध्यापक हुन्। गत अगस्टमा उनले अमेरिकी टीभी च्यानल सीबीएससँग कुरा गर्दै आफू यदि प्रथम महिला भए पनि शिक्षण पेसा नछाड्ने बताएकी थिइन्। जिलले आजीवन शिक्षक रहने प्रणसमेत गरेकी छन्। उनी सधैं शिक्षाको महत्त्वमा जोड दिन्छिन्।
एक कार्यक्रममा उनले भनेकी थिइन्, ‘‘मैले थुप्रै प्रवासी र शरणार्थीलाई पढाएकी छु। म तिनको कथालाई प्रेम गर्छु।’’
(एनबीटी)
" /> काठमाडौं। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनका लागि ह्वाइट हाउसमा १२ लाख डलर लगानीमा ट्वााइलेट बनाइएको छ। ट्वााइलेट ह्वाइट हाउसको पूर्वी भागमा बनाइएको हो।यति धेरै खर्च गरेर ट्वााइलेट बनाइएको भन्दै अमेरिकी राजनीति पुनः तातेको छ। डोनाल्ड ट्रम्प समर्थकले यसलाई करदाताको पैसा बर्बाद गरेको बताएका छन्।

">