काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ६ को पाण्डुबजारमा आगलागीबाट चारवटा पसल र एउटा कोठा खरानी भएको छ।
आगलागी गएराति अन्दाजी साढे ११ बजे भएको हो। आगलागीबाट ५५ वर्षीय रामकृष्ण चौगुठीको एक तले कच्ची जस्तापाताको टहरामा उनैले सञ्चालन गरेको फर्निचर उद्योगमा रहेको फर्निचरका सामानहरू गरी करिब ६ लाख रूपैयाँ बराबरको क्षति भएको छ।
आगलागीले सोही टहरामा भोजबहादुर घिसिङले सञ्चालन गरेको मासु पसल, नारायण साडेमियाले सञ्चालन गरेको चिया पसल, विमल घिमिरेले सञ्चालन गरेको फेन्सी कपडा पसल र नरेश कर्माचार्यको कोठा जलेर नष्ट भएका छन्।
तीनवटा पसल र एउटा कोठा जल्दा करिब ६ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले बताए।

आगलागी भोजबहादुरको पसलबाट विद्युत् सर्ट भएर भएको खुलेको छ।
आगलागी नियन्त्रणका लागि महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी निरीक्षक विष्णुहरि फुयाँलको कमाण्डमा प्रहरी टोली खटिएको थियो।
टोलीले अन्दाजी १२ बजेर २० मिनेटतिर मात्रै स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रण गर्न सकेको हो।
" /> काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ६ को पाण्डुबजारमा आगलागीबाट चारवटा पसल र एउटा कोठा खरानी भएको छ।आगलागी गएराति अन्दाजी साढे ११ बजे भएको हो। आगलागीबाट ५५ वर्षीय रामकृष्ण चौगुठीको एक तले कच्ची जस्तापाताको टहरामा उनैले सञ्चालन गरेको फर्निचर उद्योगमा रहेको फर्निचरका सामानहरू गरी करिब ६ लाख रूपैयाँ बराबरको क्षति भएको छ।

">