काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा व्यक्तिको नाममा गर्ने ललितपुरका तत्कालिन नापी कार्यलय प्रमूख बुद्धिमान जैसी लगायत १७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मुद्दा दायर गरिएकामध्ये १७ जनासँग कूल ८ करोड ९ लाख ३४ हजार ६८७ रुपैयाँ ५२ पैसा बिगो दाबी गरिएको छ।
अख्तियारका अनुसार तत्कालिन ललितपुर नापी कार्यालय प्रमूख जैसी, नापी अधिकृत बालेश्वर यादव र सर्वेक्षक केशव थापा मगरसँग २ करोड २ लाख ३३ हजार ६७१ रुपैयाँ ८८ पैसा बिगो दाबी गरिएको छ।
ललितपुर मालपोत कार्यालयका तत्कालिन कार्यालय प्रमूख (उपसचिव) बाबुराम खनाल, नासु ख्यामनारायण पौडेल, नासु दिनेश न्यौपाने र खरिदार आत्माराम लुइटेलसँग २ करोड २ लाख ३३ हजार ६७१ रुपैयाँ ८८ पैसा बिगो माग गरिएको छ।
युरो हाउजिङ डेभलपर्स प्रालि र युरो ल्याण्ड डेभलपर्स प्रालिका सञ्चालक गुणिकाजी मानन्धर, योगेश्वरकृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंकबहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जवल मानन्धरसँग गरी २ करोड २ लाख ३३ हजार ६७१ रुपैयाँ ८८ पैसा बिगो दाबी गरिएको छ।
यस्तै, काठमाडौं अस्पताल प्रालिका सञ्चालकहरु डा. इश्वरलाल आचार्य, डा. दुर्गामान जोशी र दुर्गेशनन्दिनी भट्टचनसँग गरी २ करोड २ लाख ३३ हजार ६७१ रुपैयाँ ८८ पैसा बिगो मागिएको छ।
ललितपुरको साविक हरिसिद्धी गाविस वडा नं.१ स्थित खोला आसपासको सरकारी जग्गा यूरो हाउजिङ डेभलपर्स कम्पनीले मालपोत र नापी कार्यालयका केही कर्मचारीसँग मिलेमतो गरी आफ्नो नाममा गर्न लागेको भन्ने उजुरी परेपछि अख्तियारले सो घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।
अनुसन्धानका क्रममा उनीहरुले ८ रोपनी १२ आना ३ पैसा २ दाम सरकारी जग्गा हिनामिना गरेको पुष्टी भएपछि आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।