काठमाडौं। मकवानपुर र सुनसरीमा गरी दुई जनाको मृत शरिर फेला परेको प्रहरीले जनाएको छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभञ्ज्याङस्थित सडकमा आइतबार बिहान अन्दाजी ४५ वर्षका एक पुरुषको शव फेला परेको थियो। उनको अहिलेसम्म पहिचान हुन नसकेको प्रहरीले जानकारी गराएको छ।
यसैगरी सुनसरीको रामधुनी नगरपालिका-४ इक्राई बस्ने ७० वर्षीय सैन्नी उराउ घरदेखि करिब ३ सय मिटर टाढा शनिबार मृत अवस्थामा फेला परेका छन्।
बाँस काट्न भनी घरबाट हिँडेका उनी नफर्किएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा स्थानीयले फेला पारेका थिए। दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रिय प्रहरी समाचार कक्षले जनाएको छ।