ट्याक्टर दुर्घटनाबाट किशोरीको मृत्यु

काठमाडौं। धनकुटा नगरपालिका-७ सिरवानीमा आइतबार ट्याक्टर दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही नगरपालिका-८ पेलेकपाङ बस्ने इन्द्रकुमार राईकी छोरी १५ वर्षीया रेबिका रहेकी छन्।

प्रदेश १-०२-००३ त ६१२ नम्बरको ट्याक्टर आइतबार बिहान दुर्घटना हुँदा रेबिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टरबाट बालुवा अनलोड गर्ने क्रममा ट्रली अनियन्त्रित भई पल्टिँदा रेबिकाको मृत्यु भएको हो। ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।