कलंकीबाट लागूऔषध सहित तीन जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका-१४ कलंकी मकालु पेट्रोल पम्प अगाडिबाट नियन्त्रित लागू औषधसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४ रविभवन बस्ने नकुल श्रेष्ठ, गोरखा पालुङटार नगरपालिका-२ का गणेश श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका-२ बस्‍ने तनहुँ बन्दिपुर घर भएका मनोज नेपाली छन्।

प्रहरीले उनीहरुको साथबाट १५ ट्याब्लेट नाइट्राजेपाम नाइट्राभेट, १ सय एम्पुल डाइजेलाप, १ सय एम्पुल बुप्रेनोर्फिन (नूफिन) र १ सय एम्पुल फेनारगन बरामद गरेको छ।

लागू औषध नियन्त्रण व्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्