सुदूरपश्चिम वित्तीय सम्मेलन शुरु
कैलाली। सुदूरपश्चिम प्रदेशको धनगढीमा वित्तीय सम्मेलन शुरु भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयद्धारा आयोजित वित्तीय सम्मेलन पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आज उद्घाटन गरे। जहाँ अध्यक्ष दहालले लगानीको सुनिश्चता नभएसम्म लगानीकर्ताहरु आकर्षित हुन नसक्ने भन्दै देश भित्रैबाट लगानी गर्नेहरु सुरक्षित नभएसम्म बाहिरका लगानीकर्ता खोज्नु कल्पना मात्र हुने बताए।

देशभित्रकै लगानीकर्ताहरुलाई आकर्षित गर्न, सुरक्षा र नाफाको प्रत्याभुति दिन सरकार तयार रहनुपर्ने बताएका दाहालले यसो गरेमात्रै पूँजी बाहिरिनबाट रोक्न सकिने बताए।

‘वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिवद्धता’ भन्ने नाराका साथ शुरु भएको सुदूरपश्चिम वित्तीय सम्मेलनमा उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले वित्तीय सम्मेलनले स्थानीय तहहरुलाई समेटेर अगाडि बढ्नुपर्ने बताएका थिए।

मन्त्री भट्टले दोधाराचाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह, दैजीको छेला र लम्कीको डुडेझारीमा औद्योगिक क्षेत्र विस्तार लगायतका काममा सरकार लागि परेको पनि बताएका थिए । वित्तीय सम्मेलन तीन सत्र गरेर आयोजना हुँदैछ। सम्मेलनले धनगढी घोषणापत्र जारी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्