काठमाडौं। क्यापिटल हिलमा भएको हुलदंगा उक्साएको आरोप लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल राजीनामा नदिए उनलाई महाभियोग लगाएर हटाउने प्रक्रिया अघि बढाइने प्रतिनिधिसभा अध्यक्ष न्यान्सी पेलोसीले बताएकी छन्।
नोभेम्बर ३ तारिखमा सम्पन्न राष्ट्रपति निर्वाचनमा जो बाइडेनले जितेपछि ट्रम्पले सत्ता छाड्न आनाकानी गरेकाले यस्तो प्रतिक्रिया आएको हो। बाइडेनले यही २० तारिख पदको शपथ लिनेछन्।
पेलोसी र डेमोक्रेट नेताहरुले बुधबार ट्रम्प समर्थकले क्यापिटल हिलमा गरेको हमलालगत्तै उनलाई पदबाट हटाउनुपर्ने बताएका थिए। पेलोसीले शुक्रबार भनिन्, ‘‘प्रतिनिधिसभा सदस्यहरुले ट्रम्पबाट राजीनामा आउने अपेक्षा गरेका छन्। यदि उनले त्यसो गरेनन् भने रुल्स कमिटीलाई २५औं संशोधन तथा महाभियोगको प्रस्तावसहित अघि बढ्न निर्देशन दिइसकेकी छु।’’
उनका अनुसार सदनले सबै विकल्प सुरक्षित राख्ने उनले बताइन्, जसमा २५औं संशोधन, महाभियोग प्रस्ताव, महाभियोगका लागि विशेषाधिकार प्रस्ताव सामेल छ। सांसद प्रमिला जयपाले महाभियोग प्रक्रिया तत्काल सुरु गर्नुपर्ने बताइन्।
कतिपय सांसदहरुले राष्ट्रपति पदमा ट्रम्पलाई बस्न दिइरहने हो भने अमेरिका असुरक्षित हुने धारणा राखेका छन्। सांसद कइयालिई कहेले ट्रम्पलाई तत्कालै पदबाट हटाउनुपर्ने धारणाको पूर्ण समर्थन गर्छन्, चाहे त्यो २५औं संशोधनबाट होस् या उनका विरुद्ध महाभियोग लगाएर नै किन नहोस्।
विदेश मामिलामा हाउस कमिटीका अध्यक्ष सांसद ग्रेगरी मिक्सले डेमोक्रेटिक सांसदद्वारा ट्रम्पमाथि महाभियोग लगाउने मागको नेतृत्व गरेका छन्। पेलोसीलाई लखेको पत्रमा सांसदहरुले भनेका छन्– लोकतन्त्रको मामिलामा अमेरिकाको वैश्विक नेतृत्वको स्थिति तथा कानुनको शासन बहाल गर्नेबारे ट्रम्पका कदमलाई जिम्मेवार ठह¥याउनु अत्यन्त जरुरी छ। (एजेन्सी)