काठमाडौं। बारामा प्रहरी र गाँजा ओसारपसारमा संलग्नहरूबीच गएराति गोली हानाहान भएको छ। त्यहाँबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा डीएसपी गौतम मिश्रले ४७ वर्षीय इमानसिंह तामाङलाई पक्राउ गरिएको बताए।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानको क्रममा उनी मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ को रहेको खुलेको छ।
डीएसपी गौतमका अनुसार गएराति अन्दाजी ९:४५ बजे इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक विकास थपलियाको कमाण्डमा अस्थायी प्रहरी पोस्ट रतनपुर समेतबाट खटिएको संयुक्त प्रहरी टोली गस्तीमा निस्केको थियो।
गस्ती गर्दै जाने क्रममा निजगढ नगरपालिका वडा नम्बर १३ मा रहेको भक्त खोलाको बगरमा पुग्दा गाँजा ओसारपसारमा संलग्न तामाङसहितले देखेर प्रहरीलाई लक्षित गरी फायर खोलेको डीएसपी गौतमले बताए।
उनीहरूको फायरपछि प्रहरीले प्रतिकारस्वरूप ठूलो चाइनिज पेस्तोलबाट पाँच राउण्ड फायर गरेको बताए।
“उनीहरू (गाँजा ओसारपसारमा संलग्नहरू) ८/१० जनाको समूहमा रहेछन्, प्रहरी टोलीलाई देख्नसाथ गोली प्रहार भयो र प्रहरी टोलीले प्रतिकार स्वरूप ठूलो चाइनिज पेस्तोलबाट पाँच राउण्ड गोली फायर गरी उनीहरूमध्ये ४७ वर्षीय इमानसिं तामाङलाई पक्राउ गर्यौं।”
घटनास्थलबाट प्रहरीले पाँचवटा सेतो बोराभित्र लुकाएर राखेको अवस्थामा १०२ किलो गाँजा र एक थान भरूवा बन्दुक बरामद गरेको छ।
पक्राउ परेकाविरुद्ध हातहतियार खरखजाना र लागुऔषध नियत्रण ऐन, २०३३ अनुसार मुद्दा दर्ता गरी आजदेखि अनुसन्धान थाल्ने प्रहरीले जनाएको छ।
" /> काठमाडौं। बारामा प्रहरी र गाँजा ओसारपसारमा संलग्नहरूबीच गएराति गोली हानाहान भएको छ। त्यहाँबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा डीएसपी गौतम मिश्रले ४७ वर्षीय इमानसिंह तामाङलाई पक्राउ गरिएको बताए।

">