काठमाडौं। भक्तपुरको गठ्ठाघरमा शनिबार साँझ दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।
प्रदेश ३, ०२-००४ प ७३२४ र बा ५३ प ९८६४ नम्बरको मोटरसाइकल शनिबार साँझ साढे ६ बजे आपसमा ठोक्किएका थिए।
दुर्घटनामा घाइते भएका ७३२४ नम्बरको मोटरसाइकल चालक उदयपुर घर भई हाल भक्तपुर बस्दै आएका २२ वर्षीय मनराज राईको मृत्यु भएको हो। उनको उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार भक्तपुरमै बस्दै आएकी २४ वर्षीया मणीकला राईको काठमाडौं मेडिकल कलेजमै उपचार भइरहेको छ।
दुवै सवारीसाधनसहित ९८६४ नम्बरको मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
" /> काठमाडौं। भक्तपुरको गठ्ठाघरमा शनिबार साँझ दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।

">