काठमाडौं। शनिबार हराएको इन्डोनेसियाली बोइङ ७३७ यात्रुवाहक विमान समुद्रमा खसेको पत्ता लागेको छ। उक्त जहाज जकार्ताबाट ६२ यात्रु बोकेर पश्चिम कालीमन्तन प्रान्तको पोन्तिअनकतर्फ जाँदै थियो। विमान उडेको केहीबेरमै खसेको हो। राडारसँग चार मिनेटमै विमानको सम्पर्क टुटेको अधिकारीहरुले बताएका छन्।
यो विमान बोइङ ७३७ म्याक्स मोडल होइन, दुईवटा घातक दुर्घटनापछि २०१९ को मार्चदेखि गत डिसेम्बरसम्मका लागि तिनमा प्रतिबन्ध लगाइएको थियो। इन्डोनेसियाको श्रीविजया एयरको जहाज शनिबार स्थानीय समयअनुसार दिउँसोको २:३६ मा जकार्ता विमानस्थलबाट उडेको थियो। पोन्तिअनकसम्म जान करिब ९० मिनेट लाग्छ। विमानमा कुनै संकट आएको जानकारी नरहेको अधिकारीहरुले बताएका छन्।
एक फ्लाइट ट्र्याकिङ वेबसाइटका अनुसार सो विमान एक मिनेटभन्दा पनि कम समयमा १० हजार फिट तल झरेको थियो। प्रत्यक्षदर्शीहरुले पनि विमान विस्फोट भएको सुनेका थिए।
विमानमा ५० जना यात्रु र १२ चालकदलका सदस्य थिए। यात्रुमध्ये सात बच्चा रहेको बताइएको छ। विमानबारे अहिलेसम्म पत्ता लागेको तथ्यमा ७३७-५०० सिरिजको यो जहाज २६ वर्ष पुरानो हो। श्रीविजयाका सीईओ जेफर्सन इरविन जोवेनाले जहाज ठीक अवस्थामा रहेको बताए।
(बीबीसी)
" /> काठमाडौं। शनिबार हराएको इन्डोनेसियाली बोइङ ७३७ यात्रुवाहक विमान समुद्रमा खसेको पत्ता लागेको छ। उक्त जहाज जकार्ताबाट ६२ यात्रु बोकेर पश्चिम कालीमन्तन प्रान्तको पोन्तिअनकतर्फ जाँदै थियो। विमान उडेको केहीबेरमै खसेको हो। राडारसँग चार मिनेटमै विमानको सम्पर्क टुटेको अधिकारीहरुले बताएका छन्।यो विमान बोइङ ७३७ म्याक्स मोडल होइन, दुईवटा घातक दुर्घटनापछि २०१९ को मार्चदेखि गत डिसेम्बरसम्मका लागि तिनमा प्रतिबन्ध लगाइएको थियो। इन्डोनेसियाको श्रीविजया एयरको जहाज शनिबार स्थानीय समयअनुसार दिउँसोको २:३६ मा जकार्ता विमानस्थलबाट उडेको थियो। पोन्तिअनकसम्म जान करिब ९० मिनेट लाग्छ। विमानमा कुनै संकट आएको जानकारी नरहेको अधिकारीहरुले बताएका छन्।

">