काठमाडौँ। सक्कली भनेर नक्कली सुन दिँदै सुनचाँदी व्यवसायीलाई ठग्ने एकजनालाई प्रहरी पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ३४ वर्षीय राज सापकोटा (सुनार) रहेका छन्। उनी धादिङको थाक्रे गाउँपालिका-११ को रहेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
उनको साथबाट सुनजस्तो देखिने ब्रास्लेट, सिक्री र ती गहनाका बिलहरू प्रहरीले बरामद गरेको छ।
अनुसन्धानको क्रममा सापकोटाले असोज ६ गते चन्द्रागिरी नगरपालिका-७ थानकोट चेकपोष्टस्थित सुनचाँदी गहना पसलमा बिलसहित सुनजस्तो देखिने ब्रास्लेटलाई सुन हो भनी बन्धकी एक लाख ८० हजार रूपैयाँमा राखेर ठगी गरेको खुलेको छ।
अपराध महाशाखाका प्रवक्ता तथा एसपी ईश्वर कार्कीले अनुसन्धानको क्रममा उनले पछिल्लोपटक उनले यही पुस १७ गते चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधारास्थित एक सुनचाँदी गहना पसलमा बिलसहित सुनजस्तो देखिने बालालाई सुन हो भनी बन्धकी राखेको पाइएको बताए।
“अनुसन्धान गर्दै जाँदा उनले त्यहाँ नगद दुई लाख ८० हजार रूपैयाँ ठगी गरेको खुल्न आयो र त्यसपछि उनी फरार भएका रहेछन्,” एसपी कार्कीले बताए।
प्रहरीले उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ बमोजिम अनुसन्धान गरिरहेको जनाएको छ। उनलाई महानगरीय प्रहरी वृत्त थानकोटमा राखिएको छ।
" /> काठमाडौँ। सक्कली भनेर नक्कली सुन दिँदै सुनचाँदी व्यवसायीलाई ठग्ने एकजनालाई प्रहरी पक्राउ गरेको छ।पक्राउ पर्नेमा ३४ वर्षीय राज सापकोटा (सुनार) रहेका छन्। उनी धादिङको थाक्रे गाउँपालिका-११ को रहेको प्रहरीले जनाएको छ।

">