दमाैली। जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका नौ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

विभिन्न अपराध एवं मुद्दाहरुमा सम्लग्न रही फरार रहेका तथा अदालतबाट फैसला भइ दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी रहेकाहरुको खोजी कार्य अभियानअन्तर्गत प्रहरीले ती प्रतिवादीलाई शुक्रबार पक्राउ गरेको हो।

लागुऔषध गाँजा मुद्दामा विगत दुई वर्षदेखि फरार व्यास नगरपालिका-१२ कमलाबारी बस्ने ३९ वर्षीया तारा थापा मगरलाई पक्राउ गरिएको छ। निजविरुद्ध जिल्ला अदालतले विसं २०७५ भदौ २६ गते एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना सुनाएको थियो।

प्रहरीका अनुसार चोरी मुद्दामा एक, सवारी ज्यान मुद्दामा एक, कुटपिटमा तीन, जालसाजीमा एक, सार्वजनिक अपराधमा एक, गाली बेइज्जतीमा एक प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

पक्राउ परेकाहरुबाट एक वर्ष कैद र एक लाख ७५ हजार २९० रुपैयाँ जरिवाना असुल गर्न बाँकी छ। उनीहरुलाई शुक्रबार अदालतसमक्ष उपस्थित गराइएको छ। रासस

" /> दमाैली। जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका नौ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

विभिन्न अपराध एवं मुद्दाहरुमा सम्लग्न रही फरार रहेका तथा अदालतबाट फैसला भइ दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी रहेकाहरुको खोजी कार्य अभियानअन्तर्गत प्रहरीले ती प्रतिवादीलाई शुक्रबार पक्राउ गरेको हो।

लागुऔषध गाँजा मुद्दामा विगत दुई वर्षदेखि फरार व्यास नगरपालिका-१२ कमलाबारी बस्ने ३९ वर्षीया तारा थापा मगरलाई पक्राउ गरिएको छ। निजविरुद्ध जिल्ला अदालतले विसं २०७५ भदौ २६ गते एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना सुनाएको थियो।

प्रहरीका अनुसार चोरी मुद्दामा एक, सवारी ज्यान मुद्दामा एक, कुटपिटमा तीन, जालसाजीमा एक, सार्वजनिक अपराधमा एक, गाली बेइज्जतीमा एक प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

पक्राउ परेकाहरुबाट एक वर्ष कैद र एक लाख ७५ हजार २९० रुपैयाँ जरिवाना असुल गर्न बाँकी छ। उनीहरुलाई शुक्रबार अदालतसमक्ष उपस्थित गराइएको छ। रासस

"> विभिन्न मुद्दामा फरार नौ जना प्रतिवादी पक्राउ: Dekhapadhi जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका नौ जना प्रतिवादीलाई पक्राउ गरेको छ। ">
विभिन्न मुद्दामा फरार नौ जना प्रतिवादी पक्राउ
दमाैली। जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका नौ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

विभिन्न अपराध एवं मुद्दाहरुमा सम्लग्न रही फरार रहेका तथा अदालतबाट फैसला भइ दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी रहेकाहरुको खोजी कार्य अभियानअन्तर्गत प्रहरीले ती प्रतिवादीलाई शुक्रबार पक्राउ गरेको हो।

लागुऔषध गाँजा मुद्दामा विगत दुई वर्षदेखि फरार व्यास नगरपालिका-१२ कमलाबारी बस्ने ३९ वर्षीया तारा थापा मगरलाई पक्राउ गरिएको छ। निजविरुद्ध जिल्ला अदालतले विसं २०७५ भदौ २६ गते एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना सुनाएको थियो।

प्रहरीका अनुसार चोरी मुद्दामा एक, सवारी ज्यान मुद्दामा एक, कुटपिटमा तीन, जालसाजीमा एक, सार्वजनिक अपराधमा एक, गाली बेइज्जतीमा एक प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

पक्राउ परेकाहरुबाट एक वर्ष कैद र एक लाख ७५ हजार २९० रुपैयाँ जरिवाना असुल गर्न बाँकी छ। उनीहरुलाई शुक्रबार अदालतसमक्ष उपस्थित गराइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्