काठमाडौं। यतिबेला युट्युबको ट्रेन्डिङमा एक बालक छन्- सचिन परियार। मसिनो स्वर, हसिलो अनुहार र गायन प्रतिभा भएका उनलाई धेरैले रूचाए।

एक युट्युबरले उनलाई उनको गाउँ गुल्मीबाट ल्याएर अन्तर्वार्ता लिएका थिए। अन्तर्वार्ता चर्चामा आएपछि उनले गीत गाउने मौका पनि पाए। सचिन र अर्की बाल गायिका रबिना बसेलले ‘ओठ खोलेर’ बोलको लोकदोहोरी गीत गाए। जुन आजसम्म ट्रेण्डिङ नम्बर दुईमा छ।

भर्खरै नौ वर्षका बालक सचिनलाई यतिबेला धेरैले चिन्छन्। एक हिसावले उनी सेलिब्रेटी बनिसकेका छन्। बोली पनि राम्रोसँग नफुटेका उनको पारिवारिक अवस्था एकदमै कमजोर छ।

गुल्मीबाट काठमाडौं ल्याइएको उनको पढाइ तथा खाना बस्नको सम्पूर्णको जिम्मेवारी लिइएको छ। युट्युब च्यानल इन्द्रेणीले उनको सम्पूर्ण जिम्मेवारी लिएको हो। इन्द्रेणीको जिम्मेवारीमा रहेका सचिनलाई अरूले प्रयोग गर्न पाउँदैनन्। अर्थात उनी अब इन्द्रेणीका ‘ब्राण्ड’ बनेका छन्।

केही वर्ष अगाडिसम्म नेपाल टेलिभिजनको चर्चित हाँस्य टेलिसिरियल जिरे खुर्सानीमा ‘जिरे’ को भूमिकामा थिए- ईशान राउत। सानै उमेरमा उनी धेरैको रोजाइको पात्र बनेका थिए। जब जिरे खुर्सानी कार्यक्रम बन्द भयो, उनी पनि एकाएक गायव भए।

त्यसपछि न उनको कसैले सोधीखोजी गर्‍यो न त उनी कुनै पात्रको रूपमा दर्शकसामू आउन सके। अचेल उनको गुनासो छ- मैले सानोमा काम पाएको थिएँ। तर, अहिले ठूलो भएपछि कसैले पनि मलाई मतलब गरेन।

सचिन, अशोक, जिरेमात्र नभएर कमला घिमिरे, आयुषा गौतम, वसन्त लामा, मिलन टमटा, रविना बसेललगायतका बालबालिकाहरू युट्युबरकै कारण चर्चामा आए। केही युट्युबरले गाउँघरमा गएर नयाँ-नयाँ प्रतिभा भएका भन्दै बालबालिकालाई बाहिर ल्याउने गरेका छन्। जुन सकारात्मक कुरा पनि हो। तर, यसले पार्ने प्रभाव नकारात्मक रहेको विज्ञहरू बताउँछन्।

सानोमा उनी यति चर्चामा थिए कि उनलाई लागेको थियो, मेरो लाइफ त यसै बनिहाल्यो। तर, अचेल उनी पत्रकारमाझ काम नपाएको भन्दै आफ्नो पीडा व्यक्त गर्दै हिँड्छन्।

केही समय अगाडि झापाका अशोक दर्जी पनि एकाएक चर्चामा आए। गायक टंक बुढाथोकीको प्रत्यक्ष निगरानीमा रहेका उनले टंकसँगै रहेर गीत गाउने मौका पाए। ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीतबाटै उनी चर्चामा आए। अशोकको लालनपालन तथा पढाइको सम्पूर्ण जिम्मेवारी टंकले नै लिएका छन्। यतिमात्र नभएर उनलाई टंकले नै गायन क्षेत्रमा सँगसँगै अगाडि बढाइरहेका छन्।

मनोविज्ञानमा गम्भीर समस्या

यसरी बालबालिकालाई प्रयोगमा ल्याइँदा उनीहरूको मनोविज्ञानमा गम्भीर खालको असर पर्ने मनोविज्ञहरू बताउँछन्। मनोविद् गोपाल ढकालले यसरी बालबालिकालाई भाइरल बनाउँदा उनीहरूको दिमागमा गम्भीर खालको असर पर्ने बताए।

“बालबालिका भनेको काँचो माटोजस्तै हुन्। उनीहरूलाई म के गर्दैछु, यसले मलाई कस्तो खालको प्रभाव पर्छ? भन्ने कुराको जानकारी हुँदैन,” मनोविद् ढकालले भने, “यसले उनीहरूको मनोविज्ञानमा गम्भीर खालको असर परिरहेको हुन्छ। त्यसतर्फ अभिभावक तथा राज्यले ध्यान दिनुपर्छ।”

बालबालिकाको उमेर पढ्ने, खेल्न, हुर्कने हो। यस्तो अवस्थामा उनीहरूको दिमागमा अन्य कुराको बोझ हालिदिँदा समस्या हुने मनोविद् ढकाल बताउँछन्। ‘‘बालबालिकाको उमेर भनेकै पढ्ने, आफ्नै उमेरमा साथीभाईहरूसँग खेल्ने, रमाउने हो। यस्तो अवस्थामा उनीहरूलाई सेलिब्रेटी नै बनाउन खोजिँदा समस्या त भइहाल्छ। त्यो बाहेकका कुरा उनीहरूको दिमागमा राखिँदा समस्या आउँछ,” उनले भने।

बालबालिको करिअरमा नै समस्या

जिल्ला बाल क्लब सञ्जाल काठमाडौंकी अध्यक्ष नेहा गुरूङले बच्चाहरूलाई केही समयका लागि भाइरल गराइदिँदा समस्या भइरहेको बताइन्।

“युट्युबरहरूले इमोसनल ब्ल्याकमेलिङ गरेर बालबालिकालाई प्रयोग गर्ने र भाइरल बनाइदिन्छन्। पछि गएर उनीहरूको भविष्य नै समस्यामा पर्छ। तर, युट्युबर भने चर्चामा आइरहन्छन्। जुन कार्य गलत हो,” अध्यक्ष गुरूङले भनिन्।

बालबालिकालाई अन्तर्वार्ता दिन बोलाएर अनावश्यक प्रश्न सोधिने, उनीहरूसँग माया प्रेमका कुरा गर्ने, हुँदाहुँदै यौनका कुरासमेत गर्ने गरेको उनको भनाइ छ। बालबालिकाको दिमागमा नै विकास नभएको कुरालाई सोधिदिँदा एकातिर उनीहरूमा नकारात्मक प्रभाव पर्छ भने अर्कोतिर समाजमा पनि विकृति फैलिनसक्ने बाल अभियान्ता भट्टारईको भनाइ छ।

बाल प्रतिभालाई प्रस्फुटन गर्नु आफैंमा गलत नभए पनि युट्युबरहरूका कारण समस्या हुने गरेको उनको भनाइ छ।

बाल अभियान्ता सोनी भट्टराईले आर्थिक अवस्था कमजोर, शैक्षिक क्षेत्रबाट पछि परेका बालबालिकाहरू यसको शिकार बन्ने गरेको बताइन्।

“जुन बालबालिकाका आमाबुवा छैनन्, घर परिवार शिक्षित छैनन्, त्यस्तालाई ल्याउने र उनीहरूलाई केही समय चर्चामा ल्याउने गरेका छन्। उनीहरूलाई अनावश्यक प्रश्न सोधिने गर्दा समस्या भइरहेको छ,” भट्टराईले भनिन्।

गम्भीर बनेन राज्य

बालबालिकामाथि हुने गरेका यस्ता खालका घटनालाई राज्यले नियमन तथा नियन्त्रण गर्न नसकेको उनको भनाइ छ। जसरी सञ्चारमाध्यमलाई नियमन गरिएको छ त्यसरी नै युट्युबरहरूलाई नियममा बाँध्न जरूरी रहेको उनी बताउँछिन्।

उनीहरूले यस विषयमा राज्यसँग पटक-पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको भट्टराईले गुनासो गरिन्। “राज्यसँग कति भन्ने हो? यस्ता समस्या आज मात्र नभएर हिजो पनि थिए, भोलि पनि आउनेछन्। यसका लागि नियम कानुन बनाउनुपर्‍यो भन्दै आएका छौं। तर, राज्य युट्युबरहरूसँग डराएको हो कि! या राज्य यस्ता विषय सुन्दै सुन्दैन? हामी अचम्ममा परेका छौं,” अभियान्ता भट्टराईले भनिन्।

सञ्जालकी अध्यक्ष गुरूङले बाल प्रतिभा बाहिर प्रस्फुटन गर्ने नाममा विकृति फैलिरहेको भन्दै राज्य गम्भीर बन्नुपर्ने बताइन्।

बालबालिका विषयमा हामी सचेत छौं : परिषद्

राष्ट्रिय बालअधिकार परिषद्ले भने बालबालिका विषयमा आफूहरू सचेत रहेको जनाएको छ। परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बाल प्रतिभा प्रस्फुटन गराउने नाममा हुने विकृति तथा विसंगीतप्रति आफूहरू सचेत रहेको बताए।

“अहिले युट्युबरहरूलाई नियमन गर्ने कानुन नै छैन। तर पनि हामीले उनीहरूसँग छलफल गर्ने, बालबालिका कस्ता खालका विषयमात्र उठान गर्ने भनेर बुझाउने गरेका छौं।”

बालबालिकासँग सम्बन्ध नै नराम्रो कुराकानीसमेत हुने गरेको पाइएको भन्दै त्यस्ता संवेदनशील विषयमा आफूहरू सचेत रहेको उनको भनाइ छ।

“अहिले युट्युबरहरूलाई नियमन गर्ने कानुन नै छैन। तर पनि हामीले उनीहरूसँग छलफल गर्ने, बालबालिका कस्ता खालका विषयमात्र उठान गर्ने भनेर बुझाउने गरेका छौं,” चन्दले भने।

स-साना बालबालिकालाई पनि युवा तथा किशोरावस्थामा जस्ता प्रश्न सोध्ने, दोहोरी कार्यक्रममा माया प्रेमका कुरा उठाउने, म्यूजिक भिडिओमासमेत त्यस्तै खालको भाव आउने सामग्री प्रस्तुत गर्ने देखिएको भन्दै उनले त्यसप्रति सचेत रहनसमेत सबैलाई आग्रह गरे।

आफ्नो बालबालिकाप्रति सबैभन्दा पहिला अभिभावक नै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ। आफ्नो छोराछोरीले के गर्दै छन्? कस्तो खालको काममा छन्? उनीहरूले गर्ने कामबाट कस्तो असर पर्छ भन्ने विषयमा अभिभावक नै सचेत हुनुपर्ने उनको भनाइ छ।

राज्यसँगै अभिभावक, बाल अधिकारकर्मी, सरोकारवाला निकाय सबै मिलेर भविष्यका कर्णधारलाई सही दिशानिर्देश गर्ने जिम्मेवारी रहेको उनले बताए।

" /> काठमाडौं। यतिबेला युट्युबको ट्रेन्डिङमा एक बालक छन्- सचिन परियार। मसिनो स्वर, हसिलो अनुहार र गायन प्रतिभा भएका उनलाई धेरैले रूचाए।

"> युट्युबमा भाइरल बालबालिका : युट्युबरलाई मालामाल, बालबालिकाकाे भविष्यमा समस्या!: Dekhapadhi युट्युबरले स-साना बालबालिकालाई भाइरल बनाउँदै आएका छन्।
• गाउँघरमा लुकेको प्रतिभा प्रस्फुटन गर्दै आएको युट्युबरको दाबी।
• यसरी जबरजस्ती भाइरल बनाउँदा उनीहरूको करिअरमा नै असर पर्ने।
• बालबालिकालाई यसरी प्रयोग नगर्न विज्ञहरूको सुझाव।

युट्युबमा भाइरल बालबालिका : युट्युबरलाई मालामाल, बालबालिकाकाे भविष्यमा समस्या!

प्रतिक्रिया दिनुहोस्