काठमाडौँ। दाङको गढवा गाउँपालिका-१ धानखोलास्थित सडकमा लु.२ ख १५९६ नम्बरको टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा टिपर चालक रुपन्देही बुटवल नयाँगाउँ बस्ने २६ वर्षीय गणेश चौधरी रहेका छन्।
शुक्रबार टिपर अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेको थियो। चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
धादिङको थाक्रे गाउँपालिका-१ खैयरघारीस्थित सडकमा ना.७ ख ९१३९ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकका सहचालक चितवन भरतपुर महानगरपालिका-२९ जुगेडी बस्ने २१ वर्षीय सुनिल गुरुङको मृत्यु भएको छ।
ट्रक शुक्रबार अनियन्त्रित भई सडक छेउको विद्युतको पोलमा ठोक्किको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल सिम्ले हुँदै ग्रिन सिटी अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका चालक चितवन भरतपुर महानगरपालिका-७ बस्ने ३४ वर्षीय यम बहादुर तामाङको ग्रिन सिटी अस्पताल काठमाडौँमा उपचार भइरहेको छ।
" /> काठमाडौँ। दाङको गढवा गाउँपालिका-१ धानखोलास्थित सडकमा लु.२ ख १५९६ नम्बरको टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा टिपर चालक रुपन्देही बुटवल नयाँगाउँ बस्ने २६ वर्षीय गणेश चौधरी रहेका छन्।

">