काठमाडौँ। काठमाडौँ महानगरपालिका-२६ मित्रनगरस्थित गेष्ट हाउसबाट ३ किलो अवैध लागू औषध चरेश जस्तो देखिने पदार्थसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-४ गाईघाट ठेगाना भएका २७ वर्षीय सुरज चौधरी र सल्यान त्रिवेणी गाउँपालिका-७ लुहाम ठेगाना भएका २४ वर्षीय कुमार बिक रहेका छन्।
गेष्ट हाउसमा लागूऔषधको कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरू बसेको कोठा तलासी गर्दा कालो झोलाभित्र लुकाई राखेको उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको उक्त महाशाखाले जनाएको छ।
" /> काठमाडौँ। काठमाडौँ महानगरपालिका-२६ मित्रनगरस्थित गेष्ट हाउसबाट ३ किलो अवैध लागू औषध चरेश जस्तो देखिने पदार्थसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-४ गाईघाट ठेगाना भएका २७ वर्षीय सुरज चौधरी र सल्यान त्रिवेणी गाउँपालिका-७ लुहाम ठेगाना भएका २४ वर्षीय कुमार बिक रहेका छन्।

">