काठमाडौं। सुर्खेतको गुर्भाकोट नगरपालिका-९ भुर्के बजारस्थित सडकमा ना ५ ख ७७५० नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बसमा सवार दाङ बबई गाउँपालिका-३ बस्ने २२ वर्षीय सुमन नेपाली रहेका छन्।
बस बिहीबार सडकबाट करिब ७०० मिटर तल भेरी नदीमा खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि मेहलकुना अस्पताल सुर्खेततर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
सोही दुर्घटनामा घाइते भएका सल्यान कालिमाटी गाउँपालिका-४ खैरी बस्ने ३० वर्षीय किशोर सुनारलाई सोही अस्पताल हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ।
दुर्घटनामा बेपत्ता रहेका एक जनाको सशस्त्र प्रहरीको गोताखोर टोलीसँगको समन्वयमा प्रहरीले खोजी गरिरहेको छ।