बीबीसी। बुधबार अमेरिकी क्यापिटलमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकको आक्रमणमा परी घाइते एक प्रहरीको मृत्यु भएको समाचार संस्था एपी र एएफपीले जनाएका छन्।
योसँगै अमेरिकी राष्ट्रपति ट्रम्पको समर्थकको हिंसात्मक प्रदर्शनमा मर्नेको संख्या पाँच पुगेको छ। हिजो चार जना प्रदर्शनकारीको मृत्यु भएको थियो।
अमेरिकी राष्ट्रपति निर्वाचनमा जो बाइडनको जित पुष्टि गर्न अमेरिकी कांग्रेसको सत्र चलिरहेको बेला बुधबार ट्रम्प समर्थकले क्यापिटल बिल्डिङमा आक्रमण गरेका थिए।
प्रदर्शनकारीले आक्रमण गरेपछि ज्यान बचाउन सांसदहरू लुकेका थिए।
एपी र एएफपीका अनुसार मृत्यु हुने प्रहरीको नाम ब्रायन डी स्टिकनिक रहेको छ। उनको मृत्यु स्थानीय समयअनुसार बिहीबार राति साढे नौ बजे भएको थियो।
“स्टिकनिक बुधबार दंगा नियन्त्रणमा खटिएका थिए। यसैबीच प्रदर्शनकारीको आक्रमणमा परी उनी घाइते भएका थिए। उनी अफिस फर्कंदा बेहोस भएका थिए। त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। तर, चोर गम्भीर थियो। उनको मृत्युको जाँच मेट्रोपोलिटन पुलिस डिपार्टमेन्ट गरिरहेको छ,” समाचारमा भनिएको छ।
" /> बीबीसी। बुधबार अमेरिकी क्यापिटलमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकको आक्रमणमा परी घाइते एक प्रहरीको मृत्यु भएको समाचार संस्था एपी र एएफपीले जनाएका छन्।अमेरिकी राष्ट्रपति निर्वाचनमा जो बाइडनको जित पुष्टि गर्न अमेरिकी कांग्रेसको सत्र चलिरहेको बेला बुधबार ट्रम्प समर्थकले क्यापिटल बिल्डिङमा आक्रमण गरेका थिए।

">