काठमाडौं। झापाको मेचीनगर नगरपालिका-१४ धाइजनबाट तीन ग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित तीन जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१४ बस्ने ३० वर्षीय धनवर राजवंशी, भद्रपुर नगरपालिका-११ बस्ने ३३ वर्षीय हरि राजवंशी र गौरादह नगरपालिका-९ बस्ने २७ वर्षीय निराजन पौडेल रहेका छन्।
मे ६ प ९९२१ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
कपिलवस्तुको वाणगंगा नगरपालिका-४ सिद्धिपुर होराइजन चोक बस्ने सोही नगरपालिका-३ ठाटी घर भएका ३१ वर्षीय ऋषि चौधरीलाई करिब एक ग्राम ९५० मिलिग्राम ब्राउन सुगरसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।
चौधरी बस्ने घरमा लागुऔषधको कारोबार हुँदै छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको लागुऔषधसहित चौधरीलाई पक्राउ गरेको हो।
घटनाहरूको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।