मकवानपुरमा ६५ केजी गाँजासहित ८ जना पक्राउ
<p>काठमाडौं। मकवानपुरको मनहरी गाउँपालिका-८ सिमपानीबाट प्रहरीले करिब ६५ केजी गाँजासहित आठ जनालाई आज पक्राउ गरेको छ।<br />
<br />
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-२ बस्ने २२ वर्षीय सुजन प्रजा समेत आठ जना रहेका छन्।</p>
<p>इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई सडकको छेउमा गाडीमा लोड गर्न राखेको अवस्थामा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्
