काठमाडौं। क्यापिटल हिलमा बुधबार भएको हिंसक घटनामा संसारभरका मिडियाको ध्यान तानिएको छ। उक्त घटनालाई प्रायः सबै मिडियाले ‘लोकतन्त्रमाथिकै आक्रमण’को संज्ञा दिएका छन्।
आफूलाई संसारकै सबैभन्दा ठूलो र शक्तिशाली लोकतन्त्र भन्दै आएको अमेरिकामा सत्ता हस्तान्तरणको विषयलाई लिएर मच्चाइएको हुलदंगा निश्चित रुपमा लज्जाजनक घटना हो। यसको नेपाललगायत संसारभर विरोध भएको छ। चिनियाँ मिडियाले अमेरिकाको लोकतन्त्रको धज्जी उडाएको छ भने कपितय देशमा चिन्ता प्रकट गरिएको छ।
अमेरिकी अखबार वासिङ्टन पोस्टमा प्रथम पृष्ठमा प्रकाशित लिड समाचारमा ‘ट्रम्प मब स्टम्र्स क्यापिटल’ अर्थात् राष्ट्रपति ट्रम्पले उचालेको भीड संसद् भवनमा प्रवेश गरेको उल्लेख छ। अखबारले भीडलाई विद्रोह तथा हिंसा गराउन भड्काएको लेखेको छ।
बेलायती अखबार दि टेलिग्राफमा ‘लोकतन्त्र कब्जामा’ भनिएको छ। सोही देशको ट्याब्लोइड अखबार डेली एक्सप्रेसले ‘अमेरिकामा अराजकता’ शीर्षकमा समाचार लेखेको छ। अखबारमा राष्ट्रपति ट्रम्पले हिंसा र मृत्युको ढोका खोलेको उल्लेख छ।
बीबीसीका न्युयोर्क संवाददाता निक ब्रायन्टले वासिङ्टन पोस्टको मुखपृष्ठ ट्विट गर्दै त्यसलाई ‘हिस्टोरिक फ्रन्ट पेज’ भनेका छन्। उनले न्युयोर्क डेली न्युजको पनि मुखपृष्ठ ट्विट गरेका छन्। सो अखबारले सधैं बदनाम हुने दिनका रुपमा उक्त घटनालाई लिएको छ।

लन्डनबाट निस्कने साप्ताहिक अन्तर्राष्ट्रिय अखबार दि इकोनोकि टाइम्सले आफ्नो वेबसाइटको होमपेजमा ‘ट्रम्प्स लिगेस- दि सेम एन्ड दि अपर्च्युनिटी’ शीर्षकको एउटा विश्लेषणलाई प्रमुखता दिएको छ। आलेखमा ट्रम्प समर्थक क्यापिटल हिलमा जसरी छिरे, त्यसले बाइडेनको बाटो सहज बनाइदिएको छ। रिपब्लिकनले त्यो कामलाई शक्ति प्रदर्शनका रुपमा लिए पनि वास्तवमा त्यसमा उनीहरूको हार लुकेको थियो।
कतारको मिडिया समूह अल जजिराले वेबसाइटमा अमेरिकामा भएको घटनालाई केवल सुरुआत उल्लेख गर्दै आगामी चार वर्षमा लोकतन्त्रमाथि के कस्ता हर्कत हुन्छन् त्यो खुल्दै जाने बताएको छ।
संयुक्त अरब इमिरेट्सको गल्फ न्युज, पाकिस्तानी अखबार डनलगायत संसारका प्रसिद्ध मिडियाले अमेरिकाको घटनालाई प्रमुखता दिएका छन्।

पछिल्ला वर्षहरू अमेरिकाले अन्य मुलुकसँग सम्बन्ध सुधार्नभन्दा बिगार्न बढी भूमिका खेलेको देखिन्छ। सबैभन्दा चिसिएको सम्बन्ध यो समय चीन र अमेरिकाबीचको हो। अमेरिकी संसद्मा भएको यो घटनाले चीन निकै उत्साही भएको देखिएको छ र उसले प्रतिद्वन्द्वी अमेरिकालाई ‘खुच्चिङ’ भनिरहेको छ।
चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सले आफ्नो वेबसाइटमा अमेरिकाको विषयमा ठूलै व्यंग्यपूर्ण आलेख प्रकाशित गरेको छ। ग्लोबल टाइम्सले सोसल मिडियामा व्यक्त पोस्टहरूलाई उद्धृत गर्दै भनेको छ- अमेरिकामा जे भयो, त्यो उसको कर्मको फल मिलेको हो। उसको लोकतन्त्ररुपी पानीको फोका फुटेको हो। ग्लोबल टाइम्समा चीन र अमेरिकाबीच ट्रम्पको शासनकालमा उत्पन्न तनावको झलक देखिन्छ।
राष्ट्रपति ट्रम्प समर्थकहरूले वासिङ्टनस्थित क्यापिटल हिल अर्थात् अमेरिकी संसद् भवनमा बुधबार घुसेर उत्पात मच्चाए। र, लोकतान्त्रिक पद्धतिमा चुनिएको सरकारलाई चुनौती दिए। यो घटनालाई सारा संसारले गम्भीर ढंगमा हेरिरहेको छ। संसारको लोकतन्त्रको ध्वजाबाहक बन्ने चाहना राख्ने अमेरिकामै लोकतन्त्रमाथि भएको आक्रमणले लोकतन्त्रवादीलाई दुःखी बनाएको छ।
दक्षिण एसियाका नेपाल, भारतलगायतका देशका नेताले पनि यस घटनाबारे चिन्ता प्रकट गरेका छन्। बुधबारदेखि आज शुक्रबारसम्मै सामाजिक सञ्जाल र अखबारहरू अमेरिकाको सो घटनामै केन्द्रित छन्।
(एजेन्सीहरूको सहयोगमा)
" /> काठमाडौं। क्यापिटल हिलमा बुधबार भएको हिंसक घटनामा संसारभरका मिडियाको ध्यान तानिएको छ। उक्त घटनालाई प्रायः सबै मिडियाले ‘लोकतन्त्रमाथिकै आक्रमण’को संज्ञा दिएका छन्।आफूलाई संसारकै सबैभन्दा ठूलो र शक्तिशाली लोकतन्त्र भन्दै आएको अमेरिकामा सत्ता हस्तान्तरणको विषयलाई लिएर मच्चाइएको हुलदंगा निश्चित रुपमा लज्जाजनक घटना हो। यसको नेपाललगायत संसारभर विरोध भएको छ। चिनियाँ मिडियाले अमेरिकाको लोकतन्त्रको धज्जी उडाएको छ भने कपितय देशमा चिन्ता प्रकट गरिएको छ।

">