काभ्रेपलाञ्चोक। खोज अनुसन्धानका क्रममा पाँचखाल नगर क्षेत्रमा सम्पदाको सम्भावना देखिएपछि आउँदो माघमा ‘जियोफिजिकल सर्भे’ (भू-भौतिकी सर्वेक्षण) गरिने भएको छ। उक्त क्षेत्रमा करिब दुई वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदा-सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि पुरातत्त्व विभागले जियोफिजिकल सर्भे गर्ने जनाएको हो।
पाँचखाल क्षेत्रमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा-सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्भे गर्नु आवश्यक देखिएकाले आउँदो माघ (फेब्रुअरी)मा उक्त सर्भे गरिने विभागका महानिर्देशक दामोदर गौतमले बताए। “पहिलो चरणमा जमिनमुनि के-कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन जियोफिजिकल सर्भे गर्न लागेका हौँ,” उनले भने। उनका अनुसार माघ अन्तिम सातादेखि काभ्रेपलाञ्चोकको पाँचखाल र जनकपुरमा जियोफिजिकल सर्भेका लागि जनशक्ति तथा आर्थिक व्यवस्थापनको तयारी भइरहेको हो।
पाँचखाल नगरको निजी तथा सार्वजनिक क्षेत्रमा सम्पदा भेटिएकाले हाल जियोफिजिकल सर्भे उपयुक्त देखिएको गौतमले बताए। उनले भने, “पाँचखाल ऐतिहासिक सम्पदा क्षेत्रको सम्भावना देखिएको छ, प्रविधि महङ्‍गो भएकाले योजनाबद्ध तवरले लाग्नुपर्छ।” जियोफिजिकल सर्भे मेसिनले क्षेत्र तथा जमिनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउँछ। काभ्रेपलाञ्चोकको तेमालकोट, बुचाकोट, मेथिनकोट, नगरकोट, काभ्रेकोट, सुलिकोट, अनेकोट, सल्लेकोट र भमरकोटको बीच क्षेत्रमा जमिनमुनिका सम्पदा हेर्न जियोफिजिकल सर्भे गर्न लागिएको हो।
पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टि गर्दै उत्खननमा सहभागी विभागका अधिकृत विष्णुप्रसाद पाठक र वरिष्ठ पुरातत्त्वविद् उद्धव आचार्यद्वारा तयार प्रतिवेदनमा पाँचखाल नपा-२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँट्टालगायतका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उल्लेख छ।
उत्खननका क्रममा भेटिएको अन्य आकारका इँटा र अङ्‍गारको थप अनुसन्धान गर्न बाँकी रहेको उल्लेख गर्दै श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ उत्खनन गर्दा पक्की इँठाको गारोभित्र माटाको डुँडद्वारा पानी पाइप लाइन भेटिएको थियो। खोज अनुसन्धानकर्ता आचार्यले उत्खनन क्षेत्रको संरक्षण र अवैध उत्खनन रोक्नुपर्ने सुझाव दिँदै आएका छन्। साथै स्थानीय प्रस्तर प्रयोग गरी एक मिटर ५० सेन्टिमिटरको आधार बनाई ६० सेन्टिरमिटर सुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
पुरानो दरबार क्षेत्र रहेको भनिएको स्थानमा २४ इन्चको ढुङ्‍गाको गारो कोठाकोठा तथा बाहिरी भागमा पर्खाल रहेको संरचना, माटोका भाँडाका टुक्रा, मसला पिँध्ने ढुङ्‍गाको खल, शिवलिङ्‍ग, ढुङ्‍गेधारा, रानीपोखरी भनिएको स्थानमा जमिनमुनि पाको माटोको डुँडबाट पानी ल्याउन बनाइएको पाइप तथा केही चौडा आकारका इँटा भेटिएको हो। पाँचखाल नगर क्षेत्रमा स्थानीय बूढापाकाले मानदेवको दरबार, रानीपोखरी, रानीपानीको कुवा, ढुङ्‍गेधारा र रानीपोखरी क्षेत्र करिब १२ रोपनीमा फैलिएको, खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना केही इँटा र सिक्का (मानाङ्‍क), घरको जग, भाँडाका टुक्रा फेला परेको बारे बताउँदै आएपछि पुरातत्त्व विभागले उक्त स्थानमा खोज अनुसन्धान थालेको हो।
यस्तै विसं २०७६ असोजमा खोज-अनुसन्धाकै क्रममा पाँचखाल नपा-१३ स्थित तेमालबेँसीमा फेला परेको ‘स्तम्भ’ प्राचीन भएको पुरातत्त्व विभागले पुष्टि गरेको छ। उक्त स्तम्भ प्राचीन शिखरशैली मन्दिरको मूलद्वार अघिल्तिर रहने दुईवटा थाममध्ये एउटा खण्ड हो भन्ने अनुमान गर्न सकिने विभागले जनाएको छ। नगरवासीले संवत् ४२५ मा मानदेव प्रथमको शासनकालमा पाँचखाल नपा-९ पलाञ्चोकमा स्थापित पलाञ्चोक भगवती मन्दिर रहेकाले पनि यस ऐतिहासिक क्षेत्रको खोज अनुसन्धान गरी संरक्षणको माग गर्दै आएका छन्।
विभागले संयुक्त राष्ट्रसङ्‍घीय अङ्‍ग (युनेस्को)लाई गत असार (सन् २०२०, जुन् २९) मा पाँचखालको सम्पदाबारे जानकारी गराइसकेको छ। पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पनि सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाएको छ। पुरातत्त्व विभागको परिपत्रअनुसार स्थानीय प्रशासन कार्यालयले विसं २०७६ मङ्सिर २९ गते नै सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विगागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराइसकेको छ। विभागले भने सम्पदा क्षेत्रमा खनजोत गरे/नगरेको निरीक्षण गर्दै आइएको जनाएको छ। रासस
" /> काभ्रेपलाञ्चोक। खोज अनुसन्धानका क्रममा पाँचखाल नगर क्षेत्रमा सम्पदाको सम्भावना देखिएपछि आउँदो माघमा ‘जियोफिजिकल सर्भे’ (भू-भौतिकी सर्वेक्षण) गरिने भएको छ। उक्त क्षेत्रमा करिब दुई वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदा-सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि पुरातत्त्व विभागले जियोफिजिकल सर्भे गर्ने जनाएको हो।
पाँचखाल क्षेत्रमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा-सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्भे गर्नु आवश्यक देखिएकाले आउँदो माघ (फेब्रुअरी)मा उक्त सर्भे गरिने विभागका महानिर्देशक दामोदर गौतमले बताए। “पहिलो चरणमा जमिनमुनि के-कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन जियोफिजिकल सर्भे गर्न लागेका हौँ,” उनले भने। उनका अनुसार माघ अन्तिम सातादेखि काभ्रेपलाञ्चोकको पाँचखाल र जनकपुरमा जियोफिजिकल सर्भेका लागि जनशक्ति तथा आर्थिक व्यवस्थापनको तयारी भइरहेको हो।
पाँचखाल नगरको निजी तथा सार्वजनिक क्षेत्रमा सम्पदा भेटिएकाले हाल जियोफिजिकल सर्भे उपयुक्त देखिएको गौतमले बताए। उनले भने, “पाँचखाल ऐतिहासिक सम्पदा क्षेत्रको सम्भावना देखिएको छ, प्रविधि महङ्‍गो भएकाले योजनाबद्ध तवरले लाग्नुपर्छ।” जियोफिजिकल सर्भे मेसिनले क्षेत्र तथा जमिनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउँछ। काभ्रेपलाञ्चोकको तेमालकोट, बुचाकोट, मेथिनकोट, नगरकोट, काभ्रेकोट, सुलिकोट, अनेकोट, सल्लेकोट र भमरकोटको बीच क्षेत्रमा जमिनमुनिका सम्पदा हेर्न जियोफिजिकल सर्भे गर्न लागिएको हो।
पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टि गर्दै उत्खननमा सहभागी विभागका अधिकृत विष्णुप्रसाद पाठक र वरिष्ठ पुरातत्त्वविद् उद्धव आचार्यद्वारा तयार प्रतिवेदनमा पाँचखाल नपा-२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँट्टालगायतका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उल्लेख छ।
उत्खननका क्रममा भेटिएको अन्य आकारका इँटा र अङ्‍गारको थप अनुसन्धान गर्न बाँकी रहेको उल्लेख गर्दै श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ उत्खनन गर्दा पक्की इँठाको गारोभित्र माटाको डुँडद्वारा पानी पाइप लाइन भेटिएको थियो। खोज अनुसन्धानकर्ता आचार्यले उत्खनन क्षेत्रको संरक्षण र अवैध उत्खनन रोक्नुपर्ने सुझाव दिँदै आएका छन्। साथै स्थानीय प्रस्तर प्रयोग गरी एक मिटर ५० सेन्टिमिटरको आधार बनाई ६० सेन्टिरमिटर सुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
पुरानो दरबार क्षेत्र रहेको भनिएको स्थानमा २४ इन्चको ढुङ्‍गाको गारो कोठाकोठा तथा बाहिरी भागमा पर्खाल रहेको संरचना, माटोका भाँडाका टुक्रा, मसला पिँध्ने ढुङ्‍गाको खल, शिवलिङ्‍ग, ढुङ्‍गेधारा, रानीपोखरी भनिएको स्थानमा जमिनमुनि पाको माटोको डुँडबाट पानी ल्याउन बनाइएको पाइप तथा केही चौडा आकारका इँटा भेटिएको हो। पाँचखाल नगर क्षेत्रमा स्थानीय बूढापाकाले मानदेवको दरबार, रानीपोखरी, रानीपानीको कुवा, ढुङ्‍गेधारा र रानीपोखरी क्षेत्र करिब १२ रोपनीमा फैलिएको, खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना केही इँटा र सिक्का (मानाङ्‍क), घरको जग, भाँडाका टुक्रा फेला परेको बारे बताउँदै आएपछि पुरातत्त्व विभागले उक्त स्थानमा खोज अनुसन्धान थालेको हो।
यस्तै विसं २०७६ असोजमा खोज-अनुसन्धाकै क्रममा पाँचखाल नपा-१३ स्थित तेमालबेँसीमा फेला परेको ‘स्तम्भ’ प्राचीन भएको पुरातत्त्व विभागले पुष्टि गरेको छ। उक्त स्तम्भ प्राचीन शिखरशैली मन्दिरको मूलद्वार अघिल्तिर रहने दुईवटा थाममध्ये एउटा खण्ड हो भन्ने अनुमान गर्न सकिने विभागले जनाएको छ। नगरवासीले संवत् ४२५ मा मानदेव प्रथमको शासनकालमा पाँचखाल नपा-९ पलाञ्चोकमा स्थापित पलाञ्चोक भगवती मन्दिर रहेकाले पनि यस ऐतिहासिक क्षेत्रको खोज अनुसन्धान गरी संरक्षणको माग गर्दै आएका छन्।
विभागले संयुक्त राष्ट्रसङ्‍घीय अङ्‍ग (युनेस्को)लाई गत असार (सन् २०२०, जुन् २९) मा पाँचखालको सम्पदाबारे जानकारी गराइसकेको छ। पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पनि सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाएको छ। पुरातत्त्व विभागको परिपत्रअनुसार स्थानीय प्रशासन कार्यालयले विसं २०७६ मङ्सिर २९ गते नै सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विगागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराइसकेको छ। विभागले भने सम्पदा क्षेत्रमा खनजोत गरे/नगरेको निरीक्षण गर्दै आइएको जनाएको छ। रासस
प्रतिक्रिया दिनुहोस्