ब्राउन सुगरसहित एक युवक पक्राउ
<p style="text-align: justify;">काठमाडौँ। झापाको मेची नगरपालिका–१० खरेडागीबाट तीन ग्राम ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">सोही ठाउँ बस्ने २६ वर्षीय रूपेन राजवंशीलाई इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले आज बिहान पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">उनलाई प्रहरीले शंका लागेपछि चेकजाँच गरेको थियो। सो क्रममा ब्राउन सुगर फेला परेको हो।</p>
<p style="text-align: justify;">उनीविरुद्ध प्रहरीले लागूऔषध नियन्त्रण ऐनसम्बन्धीको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।</p>