ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौँ। झापाको शिवसताक्षी नगरपालिका–११ शिव चोकमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ।

सोही ठाउँका १३ वर्षीय भीमबहादुर राईको मृत्यु भएको हो। ट्रकको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए।

उपचारको क्रममा मेची अञ्चल अस्पताल भद्रपुरमा उनको मृत्यु भएको हो।

आज बिहान उनलाई मे १ ख ३३९२ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।