काठमाडौँ। राष्ट्रपति निर्वाचनमा इलेक्टोरल कलेजमा डोनाल्ड ट्रम्पलाई जो बाइडेनले जितेको घोषणा केही मिनेटअघि कंग्रेसले गरेको छ। भेर्मोन्ट्सको तीन इलेक्टोरल कलेजको मत राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिसलाई गएको हो। जितका लागि २७० मत आवश्यक पर्छ।
जोर्जिया र पेनसिल्भानियामा भएको मतदानबारे उठेको प्रश्नलाई सिनेट र हाउसले अस्वीकार गरिदिएको छ। उता, रिपब्लिकनले पनि एरिजोना, नेभाडा र मिसिगनको इलेक्टोरल भोटलाई अस्वीकार गरेको थियो, तर त्यसले वादविवादमा कुनै स्थान नै पाएन।
ट्रम्प समर्थकहरूले बुधबार यूएस क्यापिटलमा हुलदंगा गरेपछिको अवस्थामा बाइडेनको आधिकारिक जितको घोषणा आएको हो।
कंग्रेसको संयुक्त सत्रमा विद्रोहीले अवरोध गरेपछि केही घण्टा कार्यक्रम रोकिएको थियो। उपराष्ट्रपति माइक पेन्सले कंग्रेस सुचारु गर्न आग्रह गरेपछि कार्यक्रम अघि बढेको थियो।
सीएनएन
" /> काठमाडौँ। राष्ट्रपति निर्वाचनमा इलेक्टोरल कलेजमा डोनाल्ड ट्रम्पलाई जो बाइडेनले जितेको घोषणा केही मिनेटअघि कंग्रेसले गरेको छ। भेर्मोन्ट्सको तीन इलेक्टोरल कलेजको मत राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिसलाई गएको हो। जितका लागि २७० मत आवश्यक पर्छ।जोर्जिया र पेनसिल्भानियामा भएको मतदानबारे उठेको प्रश्नलाई सिनेट र हाउसले अस्वीकार गरिदिएको छ। उता, रिपब्लिकनले पनि एरिजोना, नेभाडा र मिसिगनको इलेक्टोरल भोटलाई अस्वीकार गरेको थियो, तर त्यसले वादविवादमा कुनै स्थान नै पाएन।

">