गोठबाट भरूवा बन्दुक बरामद
काठमाडौं। उदयपुरको कटारी नगरपालिका–१ एक्लेसल्लामा रहेको एउटा गोठबाट प्रहरीले भरूवा बन्दुक बरामद गरेको छ।

बुधबार दिउँसो हस्तबहादुर मगरको गोठबाट बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

कार्यालयका अनुसार बन्दुक बेवारिसे अवस्थामा थियो।

बन्दुकसँगै प्रहरीले बन्दुकमा लगाउने छर्रा र बारूद पनि बरामद गरेको छ।

बन्दुक हस्तबहादुरकै हो कि अरू कसैले राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्