काठमाडौं। इरानका निम्ति २०२० को सुरूआत खराब खबरबाट भयो भने अन्त्य पनि खराब समाचारबाटै भयो। गत जनवरीमा इस्लामिक रिभोल्युसनरी गार्डका कुर्दुस फोर्स कमान्डर मेजर जनरल कासिम सुलेमानीको अमेरिकी ड्रोन हमलामा मृत्यु भयो। त्यतिमात्र होइन, नोभेम्बरमा देशका प्रमुख परमाणु वैज्ञानिक मोहसिन फखरिजादेहलाई रिमोट कन्ट्रोल हतियारबाट हत्या गरियो।
अन्य थुप्रै घटना इरानले सामना गर्यो, जुन त्यस देशका लागि अत्यन्तै खराब साबित भयो। लन्डनस्थित रिसर्च स्कोलर मुज्तबा हसन तबातबाई २०२० इरानका लागि निकै खराब वर्ष साबित भएको बताउँछन्।
किङ्स कलेजका तबातबाईका अनुसार कमान्डर सुलेमानी तथ फखरिजादेहको हत्या इरान सरकारका लागि दुई ठूला झट्का थिए। उनी भन्छन्, ‘‘म ३० वर्षको भएँ र जब म बुझ्ने भएँ तबदेखि मैले इरानको यति खराब वर्ष यसअघि देखेको थिइनँ।’’
जवाहरलाल नेहरू विश्व विद्यालयका प्राध्यापक आफताब कमाल पासा पनि २०२० इरानका लागि खराब वर्ष रहेको बताउँछन्। उनी भन्छन्, ‘‘इरानका लागि सबैभन्दा खराब वर्षमध्ये एक २०२० रह्यो। उसका दुई हिरोहरू मारिए। गल्तीले एउटा यात्रुवाहक विमान खसालियो। अमेरिकी प्रतिबन्ध दोहोरियो। अर्थव्यवस्था थला पर्यो र शत्रु देश इजरायलसँग कयौं अरब देशहरूले शान्ति सम्झौता गरे।’’
परमाणु सम्झौता अमेरिका र इरानबीच मात्र भएको होइन, त्यसमा हस्ताक्षर गनेमा फ्रान्स, बेलायत, जर्मनी, रुस, युरोपियन युनियन तथा चीनसमेत सामेल थियो। अमेरिकाले एकतर्फी सम्झौताबाट अलग भए पनि त्यसको पालना भइरहेको थियो। तर, अमेरिकामा कडा प्रतिबन्ध लगाइएका कारण अब उक्त सम्झौताको कतिपय बुँदा उल्लंघन हुन थालेका छन्।
कमान्डर सुलेमानीको हत्याको बदला लिने कोसिस गर्दा इरानले आफ्नो मिसाइलबाट एक युक्रेनी यात्रुवाहक जहाज खसाल्यो, जसमा १७६ यात्रु मारिए। विमानमा सबैभन्दा बढी इरानी नागरिक नै थिए।
इरानी राष्ट्रपति हसन रुहानीले आफ्ना परमाणु वैज्ञानिकको हत्याको प्रतिक्रिया दिँदै भने, ‘‘विश्वको हालत बदलिइरहेको तिनलाई थाहा होला। र, दुश्मन देश यो बदलिँदो परिस्थितिलाई बिगार्न यो क्षेत्रमा अस्थिरता उत्पन्न गर्न अधिकतम प्रयास गरिरहेका छन्।’’ रुहानीले ‘शत्रु’ को संज्ञा इजरायल, अमेरिका र साउदी अरबजस्ता देशलाई दिएका हुन्।
इजरायल र साउदी अरब अमेरिकाको निर्वाचनपछि उत्पन्न अवस्थाबाट चिन्तित छन्। जो बाइडेन नयाँ राष्ट्रपति भएपछि पनि उनीहरूको चिन्ता साम्य भएको छैन। बाइडेनले आफ्नो चुनाव प्रचारका क्रममा इरानसँगको परमाणु सम्झौतामा पुनः सामेल हुने स्पष्ट पारेका थिए।
उक्त देशसँग परमाणु सम्झौता बाराक ओबामाको कार्यकाल २०१५ मा भएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१८ मा यसबाट अलग भएको घोषणा गरेका थिए।

इरानले दुई दिनअघि युरेनियम प्रवद्र्धन पुनः सुरू गर्ने घोषणा गरेको छ। यसो गर्नु परमाणु सम्झौताको एक अहम् शर्तको उल्लंघन हो।
आर्थिक प्रतिबन्धको मारमा इरान
अमेरिकाको कडा प्रतिबन्ध तथा कोरोना महामारीका कारण इरानलाई दोहोरो आर्थिक मार परेको छ। उसो त, त्यस देशको आर्थिक अवस्था कमजोर हुन थालेको अलि अगाडिदेखि नै हो। यसले त्यहाँका व्यापारीमा ठूलो असर पर्न गएको छ। त्यहाँ महँगीले आकाश छुन थालेको छ।
इन्स्टिच्युट अफ इन्टरनेसनल फाइनान्स (आईआईएफ)ले नोभेम्बर २६ मा यदि २०२१ मा अमेरिकी राष्ट्रपति जो बाइडनेले प्रतिबन्ध हटाए भने इरानको अर्थव्यवस्था ४.४ प्रतिशतसम्म पुग्न सक्ने बताएको छ। तर, २०२० को तेस्रो त्रैमासिकसम्म त्यहाँको अर्थव्यवस्था ३.५ प्रतिशतमा खुम्चिएको छ। यसमा सुधार हुने कुनै संकेत देखिएको छैन।
आगामी जुन महिनामा इरानमा राष्ट्रपति पदको निर्वाचन हुँदैछ। त्यहाँका सर्वोच्च धार्मिक नेता खामेनेईको झुकाव कता हुनेछ? इरानले आगामी बाटो कस्तो लिनेछ? यिनै प्रश्नहरूको उत्तरमा निर्भर रहने छ, नयाँ राष्ट्रपति कट्टरपन्थी हुनेछन् या उदारवादी!
अमेरिकासँग परमाणु सम्झौता पुनः हुन सक्दा उदारवादी राष्ट्रपति चुनिने सम्भावना देखिन्छ। त्यसले इरानका लागि मात्र होइन, पूरै पश्चिम एसियाका लागि राम्रो गर्नेछ।
(बीबीसी)
" /> काठमाडौं। इरानका निम्ति २०२० को सुरूआत खराब खबरबाट भयो भने अन्त्य पनि खराब समाचारबाटै भयो। गत जनवरीमा इस्लामिक रिभोल्युसनरी गार्डका कुर्दुस फोर्स कमान्डर मेजर जनरल कासिम सुलेमानीको अमेरिकी ड्रोन हमलामा मृत्यु भयो। त्यतिमात्र होइन, नोभेम्बरमा देशका प्रमुख परमाणु वैज्ञानिक मोहसिन फखरिजादेहलाई रिमोट कन्ट्रोल हतियारबाट हत्या गरियो।अन्य थुप्रै घटना इरानले सामना गर्यो, जुन त्यस देशका लागि अत्यन्तै खराब साबित भयो। लन्डनस्थित रिसर्च स्कोलर मुज्तबा हसन तबातबाई २०२० इरानका लागि निकै खराब वर्ष साबित भएको बताउँछन्।

">