सवारीसाधनले किचेर एक पुरुषको मृत्यु
<p style="text-align: justify;">काठमाडौं। बाराको निजगढ नगरपालिका-११ तमागढीमा गएराती सवारीसाधनले किचेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन्। मृतकको सनाखत हुन सकेको छैन।<br />
<br />
गएराति पौने ३ बजे पैदल हिँडिरहेका उनलाई सवारीसाधनले किचेको बताइएको छ। दुर्घटना गराएर सवारीसाधनसहित फरार रहेका चालकको खोजी भइरहेको छ।</p>