काठमाडौँ। मोरङको लेटाङ नगरपालिका–२ मा रहेको चिसाङ पुलबाट विभिन्न लागूऔषधसहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ।
प्रहरीले उनीहरूबाट २० पिस फेनेरामाइन, २० पिस फेनारगन, २० पिस लुपिजेसिक र १९ पिस डाइजेल्याब पनि बरामद गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ बस्ने २६ वर्षीय बिकेन राई, २५ वर्षीय राजकुमार लिम्बू, १६ वर्षीय किशोर र सोही नगरपालिका–३ बस्ने २२ वर्षीया अनु राई रहेका छन्।
इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी मंगलबार राति पक्राउ गरेको हो।
प्रहरीले उनीहरूविरुद्ध लागूऔषध नियन्त्रण ऐेनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।
" /> काठमाडौँ। मोरङको लेटाङ नगरपालिका–२ मा रहेको चिसाङ पुलबाट विभिन्न लागूऔषधसहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ।प्रहरीले उनीहरूबाट २० पिस फेनेरामाइन, २० पिस फेनारगन, २० पिस लुपिजेसिक र १९ पिस डाइजेल्याब पनि बरामद गरेको छ।

">