काठमाडौँ। मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार –२०७६’ पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललाई प्रदान गरिएको छ।

शान्ति समाजद्वारा आज काठमाडौँमा आयोजित एक कार्यक्रमबीच उक्त पुरस्कार पोखरेललाई प्रदान गरिएको हो।

पोखरेलाई शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले १ लाख १० हजार पुरस्कार राशिसहित सम्मानपत्र प्रदान गरेका हुन्। यसै गरी अन्य ८ वटा सामाजिक संस्थाहरूले पनि सोही कार्यक्रममा पोखरेललाई सम्मान गरेका छन्।

पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निर्वाह गरेको उल्लेखनीय भूमिका र विशिष्ट योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले उनलाई पुरस्कृत गरेको हो।

पुरस्कार ग्रहणपश्चात् कार्यक्रममा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले पछिल्लो समय नेपालका हरेक क्षेत्रमा अति राजनीतिकरण, प्रजातन्त्रको खम्बाका रूपमा रहेका संस्थाहरूको अति क्षयीकरण तथा तेजोबध भइरहेकोमा चिन्ता व्यक्त गरेका छन्।

शान्ति समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, कोषाध्यक्ष रामकृष्ण बराल, लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतम, शान्ति समाजका सदस्य लक्ष्मी रानाले मन्तव्य व्यक्त गरेका थिए।

सोही कार्यक्रममा भोजराज पोखरेलले कल्याणकारी कार्यमा समर्पित सेवामुखी संस्था लक्ष्मी प्रतिष्ठानलाई आफ्नो तर्फबाट २ लाख २० हजार नगद सहयोग हस्तान्तरण गरेका थिए।

२०१० साल जेठ २ गते खोटाङ जिल्लाको ऐँसेलुखर्कमा जन्मिएका पोखरेलले २०६४ चैत महिनामा जटिल परिस्थितिमा पहिलो संविधानसभा निर्वाचन सम्पन्न गर्न प्रमुख निर्वाचन आयुक्तका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

सन् २००८ मा बंगलादेशमा सम्पन्न संसदीय निर्वाचन र सन् २०१०/११ मा दक्षिण सुडानको जनमत संग्रह प्रक्रियामा संयुक्त राष्ट्रसंघका महासचिवले पोखरेललाई दुईपटक उच्च स्तरीय प्यानलमा नियुक्त गरेका थिए।

युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस, वासिङ्टन डिसिको सिनियर फेलो र हार्वड केनेडी स्कुलको म्यासन फेलो पोखरेल सन् २०१५ मा म्याङमारमा सम्पन्न संसदीय निर्वाचनमा कार्टर सेन्टरको निर्वाचन पर्यवेक्षण मिसनको सहअध्यक्ष पनि भएका थिए।

हाल पोखरेल कोफी अन्नान फाउण्डेसनको इलेक्टोरल इन्टेग्रिटी इनिसिएटिभ स्टेयरिङ समूहका सदस्य छन्।

" /> काठमाडौँ। मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार –२०७६’ पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललाई प्रदान गरिएको छ।

"> ‘कर्मयोगी बद्री पहाडी पुरस्कार’ पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेललाई: Dekhapadhi पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निर्वाह गरेको उल्लेखनीय भूमिका र विशिष्ट योगदानका लागि उक्त पुरस्कार प्रदान गरिएको हो।
• पोखरेलले २०६४ चैतमा जटिल परिस्थितिमा पहिलो संविधानसभा निर्वाचन सम्पन्न गर्न प्रमुख निर्वाचन आयुक्तका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

‘कर्मयोगी बद्री पहाडी पुरस्कार’ पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेललाई
काठमाडौँ। मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार –२०७६’ पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललाई प्रदान गरिएको छ।

शान्ति समाजद्वारा आज काठमाडौँमा आयोजित एक कार्यक्रमबीच उक्त पुरस्कार पोखरेललाई प्रदान गरिएको हो।

पोखरेलाई शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले १ लाख १० हजार पुरस्कार राशिसहित सम्मानपत्र प्रदान गरेका हुन्। यसै गरी अन्य ८ वटा सामाजिक संस्थाहरूले पनि सोही कार्यक्रममा पोखरेललाई सम्मान गरेका छन्।

पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निर्वाह गरेको उल्लेखनीय भूमिका र विशिष्ट योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले उनलाई पुरस्कृत गरेको हो।

पुरस्कार ग्रहणपश्चात् कार्यक्रममा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले पछिल्लो समय नेपालका हरेक क्षेत्रमा अति राजनीतिकरण, प्रजातन्त्रको खम्बाका रूपमा रहेका संस्थाहरूको अति क्षयीकरण तथा तेजोबध भइरहेकोमा चिन्ता व्यक्त गरेका छन्।

शान्ति समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, कोषाध्यक्ष रामकृष्ण बराल, लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतम, शान्ति समाजका सदस्य लक्ष्मी रानाले मन्तव्य व्यक्त गरेका थिए।

सोही कार्यक्रममा भोजराज पोखरेलले कल्याणकारी कार्यमा समर्पित सेवामुखी संस्था लक्ष्मी प्रतिष्ठानलाई आफ्नो तर्फबाट २ लाख २० हजार नगद सहयोग हस्तान्तरण गरेका थिए।

२०१० साल जेठ २ गते खोटाङ जिल्लाको ऐँसेलुखर्कमा जन्मिएका पोखरेलले २०६४ चैत महिनामा जटिल परिस्थितिमा पहिलो संविधानसभा निर्वाचन सम्पन्न गर्न प्रमुख निर्वाचन आयुक्तका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

सन् २००८ मा बंगलादेशमा सम्पन्न संसदीय निर्वाचन र सन् २०१०/११ मा दक्षिण सुडानको जनमत संग्रह प्रक्रियामा संयुक्त राष्ट्रसंघका महासचिवले पोखरेललाई दुईपटक उच्च स्तरीय प्यानलमा नियुक्त गरेका थिए।

युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस, वासिङ्टन डिसिको सिनियर फेलो र हार्वड केनेडी स्कुलको म्यासन फेलो पोखरेल सन् २०१५ मा म्याङमारमा सम्पन्न संसदीय निर्वाचनमा कार्टर सेन्टरको निर्वाचन पर्यवेक्षण मिसनको सहअध्यक्ष पनि भएका थिए।

हाल पोखरेल कोफी अन्नान फाउण्डेसनको इलेक्टोरल इन्टेग्रिटी इनिसिएटिभ स्टेयरिङ समूहका सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्