काठमाडौँ। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार भक्तपुर, सर्लाही, दाङ, चितवन, पर्सा, उदयपुर र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरस्थित सडकमा लु.२ ख ६७८ नम्बरको ट्रकले बा ८२ प ९७३७ नम्बरको स्कुटरलाई मंगलबार ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्कुटर चालक सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने ५८ वर्षीय नरहरी न्यौपाने रहेका छन्। ठक्करबाट गम्भीर घाइते भएका उनको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सर्लाही बलरा नगरपालिका–४ बलरास्थित सडकमा बीआर ३० एल ८०४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दुर्घटना हुँदा चालक सर्लाही रामनगर गाउँपालिका–२ बस्ने ७० वर्षीया राम एकबाल राय यादवको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल मेडिकल अस्पताल बलरा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
दाङको घोराही उपमहानगरपालिका–१० सौडीकुलास्थित सडकमा रा.१ झ १०२ नम्बरको एम्बुलेन्सले रा.४ प १५६६ नम्बरको स्कुटरलाई मंगलबार ठक्कर दिंदा स्कुटर चालक सोही ठाउँ बस्ने ६५ वर्षीय टोपेन्द्र कुमार पोख्रेलको मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो। एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चितवनको रत्ननगर नगरपालिका–१३ जयमंगलास्थित सडकमा बा.६५ प १६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दुर्घटना हुँदा मोटरसाइकल चालक गोरखा भिमसेन गाउँपालिका–१ बस्ने ४५ वर्षीय फडिन्द्र बगालेको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
पर्साको जगरनाथ गाउँपालिका–५ सिकटापुलस्थित सडकमा प्रदेश २–०३–००९ प १८४५ नम्बरको मोटरसाइकल मंगलबार दुर्घटना हुँदा चालक पर्सागढी नगरपालिका–५ बस्ने ३२ वर्षीय झोटी लाल यादबको मृत्यु भएको छ।
दुर्घटमा गम्भीर घाइते भएका उनको उपचारको लागि वीरगञ्ज हेल्थ केयर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
उदयपुरको रौतामाई गाउँपालिका–१ तालथुकीस्थित सडकमा प्रदेश २–०२–०१–००१ त १०१७ नम्बरको ट्याक्टर मंगलबार दुर्घटना हुँदा ट्याक्टर चालक त्रियुगा नगरपालिका–७ कालिखोला बस्ने २० वर्षीय केशव विकको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै दुर्घटनामा गम्भीर घाइते भएका अन्य ४ जनालाई जिल्ला अस्पताल हुँदै थप उपचारको लागि विराटनगर पठाइएको छ।
कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित सडकमा बा.९५ प ६२२६ नम्बरको मोटरसाइकल र लु.५ प ८१९५ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई मंगलबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा लु.५ प ८१९५ नम्बरको मोटरसाइकल चालक शिवराज नगरपालिका–९ भगवानपुर बस्ने २५ वर्षीय ओम प्रकाश चौधरी रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय संजिवनी अस्पताल चन्द्रौटा हुँदै बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका बा.९५ प ६२२६ नम्बरको मोटरसाइकल चालक शिवराज नगरपालिका–५ समितिचोक बस्ने २२ वर्षीय बिक्रम गौतमको बुटवलमा उपचार भइरहेको छ।
" /> काठमाडौँ। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ।प्रहरीका अनुसार भक्तपुर, सर्लाही, दाङ, चितवन, पर्सा, उदयपुर र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।

">