काठमाडौँ। काठमाडौँको चन्द्रागिरी नगरपालिका–८ शीतलबस्तीबाट नियन्त्रित लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मातातीर्थ घर भएका ३२ वर्षीय सुमन कार्की र सोही नगरपालिका–५ महादेबस्थान बस्ने १८ वर्षीय किशोर रहेका छन्।
उनीहरूको साथबाट प्रहरीले १ सय १९ ट्याबलेट नाईट्राभेट र २ थान मोबाईल बरामद गरेको छ। उनीहरूलाई मंगलबार पक्राउ गरिएको हो।
सुनसरीको धरान उपमहानगरपालिका–८ अरुण टोलस्थित भित्री सडकबाट ९ ग्राम ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३७ वर्षीय शुक्रराज मोक्तान र सोही उपमहानगरपालिका–१९ बस्ने ३० वर्षीय तुलसी निरौला रहेका छन्।
को.२० प ६४११ नम्बरको स्कुटरलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्दा स्कुटर चालक मोक्तानको साथबाट उक्त लागूऔषध फेला पारी उनलाई र स्कुटरमा सवार निरौला समेतलाई प्रहरीले पक्राउ गरेको हो।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–६ लिम्बु चौरीबाट २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित मंगलबार प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१५ बस्ने ३० वर्षीय प्रेम तामाङ र सोही उपमहानगरपालिका–८ बस्ने २४ वर्षीय जीवन तामाङ रहेका छन्।
घटनाहरूको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौँ। काठमाडौँको चन्द्रागिरी नगरपालिका–८ शीतलबस्तीबाट नियन्त्रित लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा मातातीर्थ घर भएका ३२ वर्षीय सुमन कार्की र सोही नगरपालिका–५ महादेबस्थान बस्ने १८ वर्षीय किशोर रहेका छन्।

">