दमाैली। तनहुँको व्यास नगरपालिका-५ चुँदेरका विष्णुमाया थापा सबेरै उठेर पानीको जोहो गर्न कुवा पुग्छिन्। पैसठ्ठी वर्षीया थापाको यो नियमित दैनिकी बनिसकेको छ। गाउँमा खानेपानीको चरम अभाव भएपछि थापासँगै यस ठाउँका अन्य महिला पनि खोल्सामा रहेको कुवामा पानी लिन पुग्छन्।
सदरमुकाम दमौलीबाट करिब १२ किमि दूरीमा अवस्थित छ चुँदेरगाउँ। सदरमुकाम नजिकै भए पनि यस ठाउँमा अहिलेसम्म खानेपानी सुविधा पुगेको छैन। “वर्षौँदेखि खानेपानीको समस्याले हामीलाई साह्रै गाह्रो भएको छ, झिसमिसेमै पानी ल्याएपछि मात्र अन्य काम सुरु गर्न पाइन्छ,” उनले भनिन्।
खानेपानीको समस्याकै कारण यहाँका बासिन्दा बेँसी झरेको थापाले जानकारी दिइन्। “पानी नभएपछि यहाँका थुप्रै बासिन्दा तल बेँसी झर्नुभयो, हाम्रो त जाने ठाउँ पनि कतै छैन, दुःखसुख अहिलेसम्म यही छौँ,” उनले भनिन्।
स्थानीयवासी राममाया सुवेदीले खानेपानीको वैकल्पिक व्यवस्था नभएपछि खोल्सा, कुवाको पानी वर्षौँदेखि प्रयोग गर्न बाध्य हुनुपरेको बताइन्। “घरभन्दा केही तल जङ्गलको खोल्सा र कुवामा रहेको पानी बोकेर ल्याउनुपर्ने अवस्था छ,” उनले भनिन्, “त्यस ठाउँको पानी प्रयोग गर्दा कहिलेकाँही बिरामी पनि हुने गरेका छौँ।”
रोटरी क्लबको सहयोगमा यस गाउँमा खानेपानी आयोजना निर्माण सुरु भएपछि भने यहाँका स्थानीयवासी हर्षित छन्। सदरमुकामबाट नजिकै रहेर पनि खानेपानीको अभाव झेल्नुपरेको गाउँमा खानेपानी योजना निर्माण सुरु भएसँगै खुसियाली छाएको स्थानीयवासी अमरबहादुर थापाले बताए।
अमेरिकास्थित रोटरी क्लब अफ होनोलुलु सनसेट र व्यास नगरपालिकाको संयुक्त लगानीमा खानेपानी योजना निर्माण सुरु भएको छ। वर्षौँदेखि खोलाको पानी उपयोग गर्दै आएका यहाँका बासिन्दाका घर-घरमा खानेपानी पुर्उने उद्देश्यसहित रोटरी चुँदेर खानेपानी योजनाको शिलान्यास गरिएको छ।
उक्त ठाउँमा एक करोड १६ लाख ४० हजार रुपैयाँको लगानीमा खानेपानी योजना निर्माण हुनलागेको हो। रोटरी क्लब अफ दमौलीको सक्रियतामा उक्त ठाउँमा खानेपानी योजना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको थियो। “उक्त ठाउँको खानेपानी समस्याबारेमा जानकारी पाएपछि स्थलगत सम्भाव्यता अध्ययन गर्यौँ, अध्ययनले उक्त ठाउँमा खानेपानी योजना निर्माण गर्न सम्भव रहेको देखिएपछि योजनाको काम थालेका हौँ,” रोटरी क्लब अफ दमौलीका अध्यक्ष दामोदर भण्डारीले भने।
खानेपानी योजना निर्माणका लागि अमेरिकास्थित रोटरी क्लब अफ होनोलुलु सनसेटले ८४ लाख ८१ हजार ६६७ रुपैयाँ सहयोग गरेको छ। त्यस्तै रोटरी क्लब अफ दमौलीले तीन लाख ४२ हजार रुपैयाँ सहयोग गरेको छ। बाँकी रकम व्यास नगरपालिकाले व्यहोर्नेछ। खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्मार्ट सिभिल कन्सल्टेन्सीले तयार गरेको थियो।
व्यास-५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले डाँडामा बस्ती र मुहान तल रहेका कारण चुँदेरमा वर्षौँदेखि खानेपानी समस्या रहँदै आएकामा योजना सम्पन्न भएपछि स्थानीयवासीलाई सहज हुने बताए। खानेपानी योजनाबाट व्यास-५ स्थित चुँदेर, रानीटारी र नेपालटारका २२९ घरका एक हजार १०८ घरपरिवार लाभान्वित हुनेछन्। उक्त योजनाबाट २० घर दलित, १२१ घर जनजाति, तीन घर मुस्लिम र ८५ घर अन्य जातजातिका मानिस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन्।
दुई सय ५४ मिटरको दूरीमा रहेको मुहानबाट पानी ल्याई ट्याङ्कीमार्फत घरघरमा पानी वितरण गर्ने गरी डिजाइन गरिएको छ। एक घण्टामा १० हजार लिटर पानी तानिनेछ। उक्त ठाउँमा दैनिक एक लाख आठ हजार ६२९ लिटर पानी आवश्यक पर्ने अध्ययनबाट देखिएको छ। योजनामा ३० मिटरको ट्रान्समिसन लाइन, ५८० मिटर वितरण लाइन निर्माण गरिनेछ भने तीनवटा मुहान मर्मत गर्नुपर्ने देखिएको छ। चुँदेरमा २० घनमिटरको ट्याङ्की निर्माण गरेर सोही ट्याङ्कीबाट रानीटारीमा पानी वितरण गर्ने योजना छ। दुई महिनाभित्र खानेपानी योजना सम्पन्न गरेर घरघरमा धारामार्फत पानी पुर्इने इञ्जिनियर प्रकाश शर्माले जानकारी दिए। रासस
" /> दमाैली। तनहुँको व्यास नगरपालिका-५ चुँदेरका विष्णुमाया थापा सबेरै उठेर पानीको जोहो गर्न कुवा पुग्छिन्। पैसठ्ठी वर्षीया थापाको यो नियमित दैनिकी बनिसकेको छ। गाउँमा खानेपानीको चरम अभाव भएपछि थापासँगै यस ठाउँका अन्य महिला पनि खोल्सामा रहेको कुवामा पानी लिन पुग्छन्।सदरमुकाम दमौलीबाट करिब १२ किमि दूरीमा अवस्थित छ चुँदेरगाउँ। सदरमुकाम नजिकै भए पनि यस ठाउँमा अहिलेसम्म खानेपानी सुविधा पुगेको छैन। “वर्षौँदेखि खानेपानीको समस्याले हामीलाई साह्रै गाह्रो भएको छ, झिसमिसेमै पानी ल्याएपछि मात्र अन्य काम सुरु गर्न पाइन्छ,” उनले भनिन्।

">