भक्तपुर। भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै विद्यालय आगामी माघ १ गतेदेखि पूर्ण रूपमा सञ्चालन हुने भएको छ। नगरपालिकाको नगर शिक्षा समितिको आज बसेको बैठकले आगामी माघ १ गतेदेखि सबै विद्यालय पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो। यसअनुसार भक्तपुर नगरभित्रका विद्यालयहरूमा बाल विकासदेखि कक्षा १२ सम्मका कक्षाहरू विद्यार्थीहरूको भौतिक उपस्थितिमा सञ्चालन हुने भएको छ।
यसअघि नगरपालिकाले गत पुस १ गतेदेखि नगरका सामुदायिक र संस्थागत विद्यालयका कक्षा ८, ९ र १० सञ्चालन गर्ने अनुमति दिएको थियो। सो अनुमतिसँगै नगरभित्रका विद्यालयहरूमा विद्यार्थीहरूको भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुँदै आएको छ।
नगरपालिकाले विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विभिन्न पेशागत सङ्घसंस्थाका प्रतिनिधिहरूसँगको छलफल र सो छलफलमा प्राप्त सुझावका आधारमा माघ १ गतेदेखि विद्यालय पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय गरिएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिएका छन्।
“कोरोनाका कारण लामो समयसम्म विद्यालय बन्द भई विद्यार्थीहरूको पठनपाठनमा प्रत्यक्ष असर परिरहेको कुरालाई ध्यानमा राखी अभिभावकहरूको पूर्वस्वीकृति, व्यवस्थापन समितिको निर्णय र पूर्वतयारी तथा कार्ययोजना बनाई बालविकासदेखि कक्षा १२ सम्मका कक्षाहरू आगामी माघ १ गतेदेखि सञ्चालन गर्न गराउन विद्यालयहरूलाई पत्राचार गर्ने निर्णय गरेका हौँ,” नगरप्रमुख प्रजापतिले भने।
उनले विद्यालय सञ्चालनका क्रममा विद्यार्थी तथा शिक्षक÷कर्मचारीहरूमा कोभिड–१९ सम्बन्धी कुनै समस्या देखिएमा आवश्यकताअनुसार विद्यालय पूरै वा आंशिक बन्द गर्न नगर शिक्षा शाखाबाट निर्देशन दिन सकिने व्यहोरा पनि सबै विद्यालयहरूलाई जानकारी गराउने निर्णय भएको जानकारी दिए।
रासस
" /> भक्तपुर। भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै विद्यालय आगामी माघ १ गतेदेखि पूर्ण रूपमा सञ्चालन हुने भएको छ। नगरपालिकाको नगर शिक्षा समितिको आज बसेको बैठकले आगामी माघ १ गतेदेखि सबै विद्यालय पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो। यसअनुसार भक्तपुर नगरभित्रका विद्यालयहरूमा बाल विकासदेखि कक्षा १२ सम्मका कक्षाहरू विद्यार्थीहरूको भौतिक उपस्थितिमा सञ्चालन हुने भएको छ।यसअघि नगरपालिकाले गत पुस १ गतेदेखि नगरका सामुदायिक र संस्थागत विद्यालयका कक्षा ८, ९ र १० सञ्चालन गर्ने अनुमति दिएको थियो। सो अनुमतिसँगै नगरभित्रका विद्यालयहरूमा विद्यार्थीहरूको भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुँदै आएको छ।

">