काठमाडौँ। झापाको शिवसताक्षी नगरपालिका-८ झिलझिलेमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बस्ने ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र मोटरसाइकलमा सवार सुनसरीको इटहरी उपमहानगरपालिका–५ बस्ने २८ वर्षीया सलिना राई रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा आज दिउँसो मृत्यु भएको हो ।
को १ ख ६०९८ नम्बरको बस र ज्ञानेन्द्रसँगै सलिना सवार प्र १–०२–०४३ प ९२१८ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाएको थियो।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको झापाका प्रहरी प्रवक्ता तथा डीएसपी राकेश थापाले बताए।
" /> काठमाडौँ। झापाको शिवसताक्षी नगरपालिका-८ झिलझिलेमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ।मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बस्ने ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र मोटरसाइकलमा सवार सुनसरीको इटहरी उपमहानगरपालिका–५ बस्ने २८ वर्षीया सलिना राई रहेका छन्।

">