काठमाडौँ। भक्तपुर नगरपालिका–२ ब्यासीमा सडक बत्ती मर्मत गर्न खटिएका एकजनाको करेन्ट लागेर मृत्यु भएको छ।
सोही ठाउँ बस्ने दोलखाको मेलुङ गाउँपालिका–५ घर भएका २३ वर्षीय राजकुमार बुढाथोकीको करेन्ट लागेर आज दिउँसो मृत्यु भएको हो।
भक्तपुर नगरपालिकाको तर्फबाट सडक बत्ती निर्माण कार्यमा खटिएका बुढाथोकीलाई बिजुलीको पोलमा चढी मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो।
करेन्ट लागेपछि उनी गम्भीर घाइते भएका थिए। उपचारको लागि भक्तपुर अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो।
साथै, करेन्ट लागेर सिन्धुलीको कमलामाई नगरपालिका–११ घर भई हाल काठमाडौंको बल्खु बस्ने २७ वर्षीय विक्रम मोक्तान घाइते भएका छन्।
" /> काठमाडौँ। भक्तपुर नगरपालिका–२ ब्यासीमा सडक बत्ती मर्मत गर्न खटिएका एकजनाको करेन्ट लागेर मृत्यु भएको छ।सोही ठाउँ बस्ने दोलखाको मेलुङ गाउँपालिका–५ घर भएका २३ वर्षीय राजकुमार बुढाथोकीको करेन्ट लागेर आज दिउँसो मृत्यु भएको हो।

">