कोटेश्वरमा करिब १४ लाख बराबरको सुनका गहना चोरी
<p style="text-align: justify;">काठमाडौँ। काठमाडौं महानगरपालिका-३२ कोटेश्वर शुभकामनाचोकमा डेरा गरी बस्ने एकजनाको करिब १३ लाख ९५ हजार बराबरको सुनका गहनाहरू चोरी भएको छ।</p>
<p style="text-align: justify;">चितवन रत्ननगर नगरपालिका-२ घर भएका निर्मल पाठकको कोठाबाट उक्त परिमाणको सुनका गहना आइतबार साँझ चोरी भएको हो।</p>
<p style="text-align: justify;">चोरीमा संलग्नहरूको पहिचान खुलेको छैन। प्रहरीले चोरीका घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।</p>