वुहानबाट कोरोना फैलिएको होइन : चीन
काठमाडौं। अमेरिकालगायत कतिपय देशले चीनको वुहानबाट कोरोना भाइरस फैलिएको बताउँदै आएका छन्। तर, चीन सरकारले सोमबार यसको कडा खण्डन गर्दै वुहानको एक प्रयोगशालाबाट कोरोना फैलिएको भन्ने कुराको प्रतिवाद गरेको छ। चीनले कोरोना महामारी संसारका अलगअगल स्थानबाट फैलिएको जिकिर गरेको छ।
चीनले अहिलेसम्म पनि डब्ल्यूएचओको टोली वुहान जान लागेको कुराको पुष्टि गरेको छैन। वुहान जानका लागि संगठनको टोलीलाई चीनले अनुमति दिन्छ वा दिँदैन भन्ने कुरो पनि अहिलेसम्म खुलेको छैन।
हुआले सोमबार अमेरिकालाई आरोप लगाउनुअघि सबुत फेला पार्न चुनौतीसमेत दिइन्। उनले अमेरिकी सेनाद्वारा सञ्चालित प्रयोगशालाको डब्ल्यूएचओबाट जाँच गरिनुपर्ने बताइन्।
हुआले मिडिया ब्रिफिङमा भनिन्, ‘‘मसँग तपाईंहरुलाई दिनका लागि विस्तृत सूचना छैन।’’ उनलाई डब्ल्यूएचओको टोलीको भ्रमणबारे प्रश्न सोधिएको थियो। टोली वुहान पनि जान्छ कि जाँदैन भन्ने पनि सोधिएको थियो। उनले थपिन्, ‘‘चीन डब्ल्यूएचओको साथ र सहयोगलाई ठूलो महत्व दिन्छ। हामी उक्त संस्थाको कामका लागि सहयोग र सहुलियत प्रदान गरिरहेका छौं।’’
थुप्रै देशले गरेको कोरोना प्रसारबारेको प्रश्नलाई चीनले अस्वीकार गर्दै आएको छ। ज्यानमारा महामारी वुहानको समुद्री जीवबाट फैलिएको र त्यहाँ त्यो जनावर बेच्ने गरिएको बताइँदै आएको छ।
गत वर्ष डब्ल्यूएचओका १९४ सदस्य देशको सञ्चालक मण्डलको विश्व स्वास्थ्य सभाले कोरोना भाइरसका सन्दर्भमा डब्ल्यूएचओको कदमलाई ‘निष्पक्ष, स्वतन्त्र एवम् समग्र मूल्यांकन’ गर्ने प्रस्ताव पारित गरेको थियो। सभाले डब्ल्यूएचओलाई कोरोना भाइरसको स्रोत तथा मानवजातिसम्म पुग्ने मार्गको जाँचसमेत गर्न आदेश दिएको थियो।
हुआले सोमबार अमेरिकालाई आरोप लगाउनुअघि सबुत फेला पार्न चुनौतीसमेत दिइन्। उनले अमेरिकी सेनाद्वारा सञ्चालित प्रयोगशालाको डब्ल्यूएचओबाट जाँच गरिनुपर्ने बताइन्।
(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्