खेल्ने क्रममा माछापोखरीमा डुब्दा नाबालकको मृत्यु
<p style="text-align: justify;">काठमाडौं। रूपन्देहीको सैनामैना नगरपालिका-५ बुद्धनगरमा एक नाबालकको माछा पोखरीमा डुबेर मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">तीन वर्षीय अविराज ज्ञवालीको घरनजिकै रहेको माछापोखरीमा डुबेर हिजो साँझ मृत्यु भएको हो।</p>
<p style="text-align: justify;">खेल्ने क्रममा उनी माछापोखरीमा डुब्न पुगेका थिए।</p>
<p style="text-align: justify;">डुबेपछि अचेत भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो।</p>