हिरोइन र ब्राउनसुगरसहित छुट्टा-छुट्टै ठाउँमा चार जना पक्राउ

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका-१३ बाट प्रहरीले खैरो हिराइनसहित दुई जनालाई पक्राउ गरेको छ।

सोही ठाउँ बस्ने २४ वर्षीय सचिन प्रधान र सन्दीप राईलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट करिब एक ग्राम ७०० मिलिग्राम खैरो हेरोइन सोमबार साँझ बरामद गरेको छ।

यस्तै, धनकुटाको छथरजोरपाटी गाउँपालिका-२ फलैँचाबाट सोही ठाउँ बस्ने २२ वर्षीय फुर्बा शेर्पासहित दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।

प्रहरी चौकी जोरपाटी बजारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ६६० मिलीग्राम ब्राउन सुगरसहित हिजो पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्